काठमाडौँ, १२ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका छन् ।
जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।
काँग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डला भन्दा बाहिर आमसभा गर्न नसुहाउने भएपछि अहिलेदेखि नै उसले त्यस ठाउँलाई प्रयोग गर्न जिद्धी गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । “माइतीघरमा दुई सय जना जती मान्छे अट्लान्” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यती भएपछि खचाखच मान्छे थिए भन्न पनि पाइयो ।
प्रतिक्रिया दिनुहोस्