कास्कीैं, १३ साउन । जंगली बिषालु च्याउ खादा मृत्यु हुने घटना व्यापक सुन्नमा आउछ । तर पसलकै च्याउ किनेर खादा पनि एक परिवार बिरामी भएका छन ।
लेखनाथ महानगरपालिका १ बगरमा पसलबाट ल्याएको च्याउ पकाएर खाँदा एकै परिवारका ६ जना बिरामी भएका छन् ।
च्याउ खाएपछि भुवन घर्ति मगर, मनु कुमारी घर्ति मगर, रिना घर्ति मगर, सुमन घर्ति मगर, शुसिला घर्ति मगर र सुदिप घर्ति मगर बिरामी भएका हुन् ।
बगरमा रहेको हरिबहादुर आचार्यको तरकारी पसलबाट आइतबार बिहान ल्याएको च्याउ पकाएर खाएपछि उनिहरु बिरामी भएका हुन । हाल उनीहरुको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्