काठमाडौं, १३ साउन । नेकपाकी सांसद गंगा चौधरीले डा. गोविन्द केसी ‘हत्यारा’ भएको बताइन् ।
आइतबार प्रतिनिधिसभामा चिकित्सा शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले डा. केसी हत्यारा भएको आरोप लगाएकी हुन् । डा. केसीको अनसनका कारण चिकित्सा शिक्षा विधेयक आएको नभएर केसीको अनसनका कारण कैयौंको ज्यान गएको समेत जिकिर गरिन ।
‘दाङ देउखुरी लमही नगरपालिका वडा नम्बर १ का हेपाटाइटिसका विरामी गोविन्द चौधरीको टिचिङ अस्पतालले भर्ना नलिँदा ज्यान गएको छ’, सांसद चौधरीले भनिन्, ‘यो उदाहरण मात्र हो । यसको जिम्मेवारी कसले लिने ? नेपाली कांग्रेसले लिन्छ कि डा. केसीले लिन्छन् ?’ उनको प्रश्न थियो ।
प्रतिक्रिया दिनुहोस्