ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा दुईवटा भन्सार कार्यालयको स्तरोन्नति


एबीसी न्यूज
१३ श्रावण २०७५, आइतबार   ४ : ०१   बजे

भद्रपुर, १३ साउन । भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माणसँगै भद्रपुर छोटी भन्सार कार्यालयको स्तरोन्नति भएको छ ।

मेची भन्सार कार्यालयको मातहतमा रहेको सो कार्यालयलाई भन्सार विभागले छुट्टै भद्रपुर भन्सार कार्यालयको दर्जा दिएको हो ।

उक्त कार्यालय सञ्चालनमा आएसँगै झापामा दुई वटा भन्सार कार्यालय भएको मेची भन्सार कार्यालयका प्रमुख टेकनाथ अर्यालले बताउनुभयो ।

उहाँले मेची पुल निर्माणसँगै भन्सार विभागको पहलमा साउन १ गतेदेखि भद्रपुर भन्सार कार्यालय स्थापना गरिएको बताउनुभयो ।

कर्मचारी अभावका कारण तत्काल कार्यालय सञ्चालनमा आउन नसकेको जानकारी दिँदै उहाँले भन्नुभयो– “अहिले मेची भन्सार कार्यालयकै मातहतमा यो कार्यालय चलिरहेको छ, विभागले साउनको अन्तिम साताभित्रमा अधिकृतसहितको कर्मचारी पठाएपछि त्यहाँको सम्पूर्ण काम  विभागसँग जोडिनेछ ।”

भद्रपुर नगरपालिकाको स्थापनासँगै विसं २००८ मा भद्रपुर भन्सार कार्यालय स्थापना भएको थियो । झापामा प्रमुख भन्सारका रुपमा रहेको भद्रपुर कार्यालय पूर्व–पश्चिम राजमार्ग सञ्चालन भएसँगै मेची भन्सार कार्यालयको स्थापनापछि छोटी भन्सारको रुपमा परिणत भएको भद्रपुर नगरपालिका–५ का दुर्गा भट्टाराईले बताउनुभयो । उहाँका अनुसार विसं २०३९ देखि भद्रपुर भन्सारको गतिविधि मेची भन्सारले नै हेर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

सम्बन्धित

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu