ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिकित्सा शिक्षा-अंशलाई उचालेर समग्रलाई छाडियो


bhawani desk
१३ श्रावण २०७५, आइतबार   ६ : ०१   बजे

काठमाडौं,१३ साउन ।  राष्ट्रिय चिकित्सा शिक्षामा एमबिबिएसको मात्रै कुरा गरी अन्य विषयलाई छाडेर गलत प्रचलन अगाडि बढाउन खोजिएकामा सांसदले सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि धारणा राख्दै सांसदले औषधि विज्ञानका धेरै पाटा र पक्षलाई छाडेर एउटा विषय मात्रै प्राथमिकतामा राखिएकामा गुनासो गर्नुभयो ।

सांसद खगराज अधिकारीले औषधि विज्ञान र चिकित्सा विषयमा अंशलाई उचालेर समग्र पक्षलाई छाड्न नहुने, औषधालय, आयुर्वेद र वैकल्पिक चिकित्सालाई समेत ध्यान दिइनुपर्ने बताउनुभयो ।

सांसद सुजिता शाक्यले स्वास्थ्य र शिक्षाका विषय सरकारको दायित्वभित्रै पर्ने भए पनि विगतमा गरिएको निजीकरण र व्यापारीकरणका कारण चिकित्सा क्षेत्रमा समस्या र विकृति फैलिएको उल्लेख गर्नुभयो ।

विसं २०४६ पछि तत्कालीन नेपाली काँग्रेसको सरकारले निजीकरणलाई प्राथमिकतामा राखेका कारण स्वास्थ्य र शिक्षामा समेत निजीकरण भएको र त्यसले समस्या खडा गरेको छ भन्दै सम्भव भएसम्म राष्ट्रियकरणको विषयलाई समेत प्राथमकितामा राख्न आग्रह गर्नुभयो ।

सांसद भरतकुमार शाहले स्वास्थ्य र शिक्षा राज्यकै दायित्वमा रहने विषय रहेको बताउँदै स्वास्थ्य र शिक्षामा व्यापारिक गतिविधि गर्न नहुने उल्लेख गर्नुभयो ।

सांसद सरिता गिरीले प्रा डा गोविन्द केसीको माग सम्बोधन गर्ने नाममा नै विधेयक ल्याइएको हो भने त्यसले पार्ने प्रभावका बारेमा समेत छलफल गरिनुपर्नेमा जोड दिनुभयो । सांसद दिलेन्द्रप्रसाद बडूले प्रा डा केसीसँग भएको सहमतिको अक्षरशः कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद प्रेम सुवालले स्वास्थ्य र शिक्षा राज्यको दायित्वमा रहेको र संसारको धेरै देशमा समेत सोही व्यवस्था रहेको छ भन्दै नेपालमा भने निजी क्षेत्रलाई नै दिइनुपर्ने कारण के हो भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, “कुन क्षेत्र निजीलाई दिने, कुन क्षेत्र नदिने भन्नेमा प्रष्टताको जरुरी छ भन्दै उहाँले धेरै पहिले प्रस्तुत भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक कहाँ गयो ?”

सांसद गंगा चौधरीले गरीबका छोराछोरीले सहज रुपमा मेडिकल शिक्षा लिन पाउने अधिकारको संरक्षण विधेयकले गरिनुपर्छ भन्दै प्रा डा केसीको आन्दोलनका कारण कैयौँ नागरिकको ज्यान गएको र नागरिक उपचार नपाएर मर्नुपर्ने अवस्था आएकाले स्वास्थ्यजस्तो संवेदनशील विषयमा खेलबाड गर्नेलाई सरकारले कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद सञ्जयकुमार गौतमले आफ्नो पार्टी नेतृत्वको सरकारले ल्याएको अध्यादेशलाई हुबहु कार्यान्वयन नगरिँदा प्रा डा केसीले आमरण अनशनमा बस्नुपरेको जिकिर गर्नुभयो । उहाँले प्रा डा केसीलाई काँग्रेस कार्यकर्ताका रुपमा चित्रण गरिएकामा आपत्ति जनाउनुभयो ।

सांसद गजेन्द्र महतले प्रतिस्पर्धा र खुला बजारको सिद्धान्त काँग्रेसको नीति भए पनि चिकित्सा शिक्षामा उसले किन प्रतिस्पर्धा गर्न दिँदैन र त्यसको पछाडिको कारण के हो भन्नेमा जनताले जानकारी पाउनुपर्ने बताउनुभयो ।

नीति र विचार एउटा हुने तर काठमाडौँ उपत्यकामा मेडिकल कलेज नै खोल्न पाइँदैन भनेर अड्डी लिएर काँग्रेसले गर्न खोजेको के हो भन्ने प्रश्न गर्नुभयो ।

‘अस्पताललाई अनशनस्थल बनाउन मिल्छ कि मिल्दैन’
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले स्वास्थ्य र शिक्षामा विभिन्न पक्षलाई एकीकृत गराउने लक्ष्यका साथ सरकारले चिकित्सा शिक्षा विधेयक प्रस्तुत गरेको जानकारी दिनुभयो । नेपालमा हाल स्वास्थ्य शिक्षाका ४२ विधा सञ्चालनमा रहेको जानकारी दिँदै ती सबै विषयलाई सम्बोधन गर्नुपर्ने र त्यसका लागि सरकार क्रियाशील रहेको बताउनुभयो ।

मन्त्री पोखरेलले संसदीय सर्वोच्चतालाई स्वीकार गर्दै संसद्बाटै नै समस्याको समाधान खोज्ने तहमा आइपुग्नु नै स्वागयोग्य रहेको उल्लेख गर्दै स्वास्थ्य र शिक्षामा रहेको विकृति र विसंगतिको अन्त्यका लागि सरकारले हदैसम्मको प्रयास गर्ने स्पष्ट पार्नुभयो ।

स्वास्थ्य र शिक्षामा रहेका सबै खाले संस्थालाई एकीकृत रुपमा नै सञ्चालनका लागि आयोगको सोच अगाडि सारिएको तथा चिकित्सा र स्वास्थ्य शिक्षाले माग गरेको गुणस्तरलाई विशेष ध्यान दिइनेमा जोड दिनुभयो ।

गरीब र विपन्न वर्गले पनि सहज रुपमा स्वास्थ्य शिक्षा लिन पाउने व्यवस्था गरिएको र विधेयकमा छुटेका कैयौंँ विषयलाई संशोधनको प्रक्रियाबाट हल गरिने मन्त्री पोखरेलले उल्लेख गर्नुभयो ।

अनशनलगायतको बाटो समातेर प्रक्रियालाई अवरोध गर्नुभन्दा छलफल र संवादबाटै समस्याको समाधान गर्नुपर्ने र सोही क्षेत्रमा नै लामो समयदेखि लाग्दै आएका व्यक्तिले नै नेतृत्व गर्नुपर्ने उहाँको भनाइ छ । स्वास्थ्य र शिक्षा राज्यको दायित्व नै रहेको र संविधानले तोकेको समाजवादको आधार तयार पार्ने मार्गमा सरकार क्रियाशील रहेको स्पष्ट पार्नुभयो ।

हरेक समस्याको समाधान गर्ने थलो संसद्लाई नै बनाउन आग्रह गर्दै मन्त्री पोखरेलले जनप्रतिनिधिमूलक संस्थाभन्दा बाहिर गएर कुनै पनि निर्णय नहुने जानकारी गराउनुभयो । प्रा डा केसीसँग भएको नौबुँदे सहमति कार्यान्वयनका लागि मन्त्रिपरिषद्को बैठकमा पेश गरिएको उल्लेख गर्नुभयो ।

अस्पताललाई अनशनको थलो र स्थल बनाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न गर्दै मन्त्री पोखरेलले माग पूरा गराउने नाममा अस्पताललाई नै केन्द्र बनाउने विषय राम्रो नभएको बताउनुभयो ।

पटक पटक अनशन बस्ने स्थितिको अन्त्य र आयोग बनाएर काम गरेर जिम्मेवारी पूरा गर्ने पहल सरकारले गरेको छ भन्दै उहाँले संसद्बाटै समस्याको समाधान गर्ने सहमति भएकामा सन्तोष व्यक्त गर्नुभयो । बैठकले ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही साउन १६ गते अपराह्न १३.०० बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group