ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीआईबीको टोली महेन्द्रनगरमा


एबीसी न्यूज
१४ श्रावण २०७५, सोमबार   ८ : १८   बजे

कञ्चनपुर,१४ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली महेन्द्रनगर पुगेको छ ।
कञ्चनपुरको उल्टाखामकी १३ वर्षिया बालिकाको बलात्कार पछि हत्याको घटनाका बारेमा अनुसन्धान गर्न टोली आइतबार महेन्द्र नगर पुगेको हो ।

प्रहरी नायव उपरीक्षक अगुंर जिसीको नेतृत्वमा तीन जनाको टोली महेन्द्रनगर आएको कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले जानकारी दिनुभयो । उहाँले टोलीले कञ्चनपुर प्रहरीसँग समन्वय गरेर घट्नाको अनुसन्धान गर्ने बताउनुभयो ।
टोलीमा एकजना प्रहरी निरीक्षक र एकजना प्रहरी नायव निरीक्षक रहेका छन् । बालिकाको हत्या भएको चारदिन बितिसक्दा समेत अपराधी पहिचान हुन नसकेपछि महेन्द्रनगर तनावग्रस्त भएको छ । घटनामा प्रहरीले सक्रियता नदेखाएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

प्रहरीले प्रारम्भिक अनुसान्धानका लागि केहि व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सोधपुछका लागि लागि ल्याएपनि सबै कुरा अहिले नै भन्न नमिल्ने प्रहरी प्रमुख विष्टले बताउनुभयो ।

आइतबार पनि अस्पताल परिसर दिनभर तनावग्रस्त रह्यो । पीडित परिवारले शव उठाएर दाहसंस्कार गर्ने तयारी गरेपनि स्थानीय र आन्दोलनकारीले भने शव उठाउन नदिएपछि अस्पताल परिसर दिनभर तनावग्रस्त भएको थियो ।

पीडित परिवारले घट्नाको सत्यतथ्य सार्वजनिक हुुनुपर्ने, घट्ना भएको क्षेत्रमा प्रहरी बिट राख्नुपर्र्ने र राहत तथा क्षतिपूर्ति दिइनुपर्ने माग गरेका थिए । यसअघि शनिबार बसेको स्थानीय प्रशासन, पीडित पक्ष र प्रहरी प्रशासनले माग पुरा गर्ने सहमति गरका थिए ।

तर, स्थानीय र आन्दोलनकारीले भने मेडिकल रिपोर्ट र डीएनए रिपोर्ट नदेखाएसम्म शवको दाहासंस्कार गर्न नदिने अडान लिएपनि आइतबार पनि बालिकाको अन्त्येष्टि हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu