काठमाडौं, १४ साउन । नेपाली कांग्रेसकी पूर्वसंविधानसभा सदस्य ओमदेवी मल्ल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेकी छिन्। मल्लसहित विजयसुन्दर खड्का र रीता बराललगायतका नेता पनि नेकपामा प्रवेश गरेका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले उनीहरुलाई पार्टी प्रबेश गराएका हुन्। मल्ल दोस्रो संविधानसभामा समानुपातिकतर्फबाट नेपाली कांग्रेसकी सांसद बनेकी थिइन्। पार्टी प्रवेश कार्यक्रममा उनले काँग्रेस प्रजातान्त्रिक पार्टी नरहेको र नेकपामा प्रजातान्त्रिक वातवरण भएकोले नेकपामा प्रवेश गरेको बताइन्।
पार्टी प्रवेश कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिब बिष्णु पौडेल, स्थायी समिति सदस्य बिष्णु रिमाल, नेता केशव वडाल लगायतको उपस्थिती थियो। मल्ल सहकारी क्षेत्रमा क्रियाशिल छन् ।
प्रतिक्रिया दिनुहोस्