ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२२१ जनाको निःशुल्क स्वास्थ्य जाँच


एबीसी न्यूज
१४ श्रावण २०७५, सोमबार   ११ : १०   बजे

लहान, १४ साउन ।  सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीमा आइतबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २२१ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

कारीतास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले गरेको शिविरमा मैनाकडेरी, लोहजारा, डिमनलगायतका स्थानीय २२१ जनाले निःशुल्क स्वास्थ्य जाँच गराएका हुन् ।

शिविर जाँच गराएका विभिन्न रोगबाट प्रभावित स्थानीयलाई निःशुल्क औषधि वितरण गर्नुका साथै थप उपचारको लागि अस्पतालमा सिफारिससमेत गरिएको श्रीपुर्राज सामुदायिक विकास केन्द्रका दिनेश चौधरीले जानकारी दिनुभयो ।

शिविरको पूर्वसांसद डा सुबोध पोखरेल र श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष सुखीलाल चौधरी संयुक्तरुपमा शुभारम्भ गर्नुभएको थियो ।

शिविरमा धरमपुरस्थित धर्मेश्वर अस्पतालका स्त्री तथा बालरोग विशेषज्ञ तथा जेनरल फिजिसिजनलगायतका विशेषज्ञ डाक्टरले स्वास्थ्य जाँच गरेका थिए । यस्तै मैनाकडेरीमै विपद् व्यवस्थापनसम्बन्धी सहभागीतामूलक संकटा बिमुखता विश्लेषण तीन दिने तालीम पनि सम्पन्न भएको छ ।

प्रहरीद्वारा २५ हजार लिटर घरेलु मदिरा नष्ट

सिरहा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट आज बिहान २५ हजार अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले सिरहाले शुरु गरेको अवैध मदिरा उत्पादन गर्ने मदिरा भट्टीमा छापा मार्ने अभियानअन्तर्गत जिल्लाको लहान, मिर्चैया, गोलबजार, धनगढी, सुखीपुर नगरपालिकाको विभिन्न स्थानबाट २४ हजार ९६७ लिटर अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गरेको हो ।

सिरहाको विभिन्न स्थानमा उत्पादन हुने अवैध मदिरा खासगरी लहान, गोलबजार र मिर्चैयाका राजमार्गस्थित होटलमा बिक्री हुने गरेको छ । यसबाहेक जिल्लाको प्रायः सबै हाट बजारमा खुलारुपमा राखिने अवैध मदिराका पसल र भारतीय सीमा नजिक रहेका नेपाली बजारमा रहेका मदिरा पसल अवैध मदिराको प्रमुख बिक्री केन्द्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासीलाई मन्त्री रावलको आग्रह: लालपुर्जा पाउनेमा ढुक्क हुनुहोस्

विन्ध्यवासिनी बाहिनीको नवौँ स्थापना दिवस, सीमा सुरक्षामा विशेष निगरानी गर्न निर्देशन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu