ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जो मनको आँखाले जगत्लाई हेर्छन्


एबीसी न्यूज
१४ श्रावण २०७५, सोमबार   १ : ०९   बजे

नेपालगन्ज,१४ साउन । न्यून दृष्टियुक्त व्यक्तिसँग मनको चम्किलो आँखा हुन्छ, तिनले मनको चम्किलो आँखाले पनि जगत् हेरिरहेका हुन्छन्, अनुभूति गरिरहेका हुन्छन् ।

नेपालगञ्जका न्यून दृष्टियुक्त विष्णु विश्वकर्माको अनुभूति त्यस्तै छ । आफू न्यून दृष्टियुक्त भएकामा शुरुमा केही खिन्नता भए पनि विष्णुले पाएको अध्ययन, खेलकूद र अन्य रमाइला अवसरले उनले मनकै आँखाले जगत्लाई अहिले राम्ररी अनुभूति गरिरहनु भएको छ ।

ब्रेललिपि छामेर र सुनेर आप्mनो अध्यापनलाई अघि बढाइरहनु भएका विष्णुजस्तै ४० जनाभन्दा बढी न्यून दृष्टियुक्त बालबालिका र किशोरकिशोरी नेपालगन्जस्थित मंगलप्रसाद माविमा अध्ययन गर्दै आइरहेका छन् ।

मानिसको बाहिरी आँखा जति सुन्दर र मनमोहक सुन्छ, त्यसभन्दा अझ धेरै मनको आँखा प्रकाशवान् हुन्छ, अनि प्रभावकारी पनि हुन्छ । बाहिरी आँखाले नदेख्नेलाई सबैखाले अवसर दिइयो र मनग्य माया गरियो भने बाहिरी आँखाले देख्नेसरह उनीहरु पनि सबल र सक्षम हुन सक्छन् ।

यसको उदाहरण हुन् न्यून दृष्टियुक्त भोला त्रिपाठी । त्यही मंगल विद्यालयमा अध्ययन गरेर आफूजस्तै न्यून दृष्टियुक्त व्यक्तिलाई पढाउने जिम्मेवारी भोलाको काँधमा छ । उच्च तहसम्मको अध्ययन पूरा गर्नु भएका भोला मंगल माविमा शिक्षकको भूमिकामा हुनुहुन्छ । मंगल माविमा अहिले एकदेखि १० कक्षासम्म अध्ययनरत न्यून दृष्टियुक्त विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहीन संघले पनि लिएको छ ।

न्यून दृष्टियुक्त व्यक्तिलाई शिक्षा, सीप विकास तालीम र रोजगार दिलाउने र उनीहरुको अधिकारका लागि संघर्ष गर्दै आएको बाँके नेत्रहीन संघका अध्यक्ष कन्हैयालाल राना भन्नुहुन्छ, “संघले विभिन्न निकायसँगको सहकार्यमा न्यून दृष्टियुक्त भएका व्यक्तिको जीवनलाई सहज र सरल बनाउने सबैखाले भूमिका निर्वाह गर्दै आएको छ ।”

मंगलप्रसाद माविमा अध्ययनरत न्यून दृष्टियुक्त व्यक्तिको अध्ययन निःशुल्क हुने गरेको छ । त्यसको चाँजोपाँजो संघीय शिक्षा एकाइ कार्यालय, बाँकेले मिलाएको छ । न्यून दृष्टियुक्त व्यक्तिका लागि राज्यका तर्पmबाट निःशुल्क शिक्षादीक्षा, सीपमूलक तालीम, रोजगारीमा आरक्षणको व्यवस्थाले पनि बाँके जिल्लाका न्यून दृष्टियुक्त व्यक्तिलाई आप्mनो जीवन सहज ढंगबाट अगाडि बढाउन अवसर मिलेको छ ।

मंगल माविमा न्यून दृष्टियुक्त व्यक्तिका लागि अलग अध्यापन गराइँदैन, आँखा देख्नेसँग राखेर पढाउने गरिएको छ । ‘‘यसो गर्नुको मुख्य उद्देश्य हामी सबै एउटै हौ भन्ने भावनाको विकास गराउनु नै हो’’, शिक्षक त्रिपाठीको भनाइ छ ।

बाहिरी आँखाले नदेखे पनि न्यून दृष्टियुक्त व्यक्तिसँग भित्री क्षमता धेरै हुन्छ । उनीहरु अवसर पाए कुनै कुरामा पनि पछि पर्दैनन् । यहाँका न्यून दृष्टियुक्त व्यक्तिहरु शिक्षकदेखि अधिकृतसम्मको पदमा काम गरिरहेका छन् । उनीहरुलाई क्षमतानुसारको रोजगारी दिनुपर्छ । ‘‘अवसर पाए न्यून दृष्टियुक्त व्यक्तिले पनि धेरै ठूलाठूला काम गर्न सक्छन्’’, अर्का न्यून दृष्टियुक्त शिक्षक भावुकजंग थापाको ठम्याइ छ ।

एक अर्काको सहयात्री बन्नु, आपसी भाइचारा बलियो बनाई राख्नु, सहयोगी भावना, जस्तोसुकै काम पनि गर्न सक्छु भन्ने आँट र संकल्प, सिर्जनशीलता, साहित्य र विभिन्न कलामा पोख्त हुनु, कामप्रतिको एकाग्रताजस्ता कारणले पनि समाजमा न्यून दृष्टियुक्त व्यक्तिको उचाइ बढ्दै गएको शिक्षक थापा बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu