ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जग नखनि सकियो १९ लाख


एबीसी न्यूज
१४ श्रावण २०७५, सोमबार   १ : ३१   बजे

कालिकोट , १४ साउन । पलाँता गाउँपालिका १ मा रकेको एक विद्यालयको भवन निर्माणका लागि आएको १९ लाख दुरुपयोग भएको पाइएको छ ।

जिल्ला शिक्षा कार्यालयले कालिका माध्यामिक विद्यालयको दुई तले भवन निर्माणका लागि छुट्याएको १९ लाख रुपैयाँ सकिएको छ तर विद्यालय भवनको जग पनि खनिएको छैन ।

विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षाका प्राविधिक र वडा अध्यक्षको मिलोमोतोमा दुरुपयोग भएको स्थानीयले आरोप लागाएका छन् ।

दोस्रो तला निर्माणका लागि अर्को १९ लाख रकम गाउँपालिकामा आएपछि गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बम पहिलो तला अनुगमनको लागि कालिका माविमा पुग्नुभएको थियो । तर विद्यालय भवनको जगसमेत खनिएको छैन ।

अनुगमनका लागि गएका गाउँपालिका अध्यक्षले भवन निर्माणका लागि जग समेत नखनेको भेटेपछि अनियमितता गर्नेलाई तत्काल छानविन गरी कारवाही गरिने बताउनुभयो ।

अहिलेसम्म १९ लाख बजेट सकिइसकेको छ तर काम ढुंगा र बालुवा जम्मा गर्ने मात्र भएको छ ।

विद्यालयको खातामार्फत चैतमा ९ लाख रुपैयाँ र असाढ मसान्तमा ९ लाख रुपैयाँ सामान खरिदका लागि आएको र सामान खरिद प्रक्रियामा रहेको विद्यालयका प्रधानाध्यापक पदमबुचा मगरले जानकारी दिनुभयो ।

विद्यालयमा निर्माण भएका अन्य भवन पनि बस्नका लागि योग्य छैनन् । भवन ३ वटा छन् तर प्रयोगमा आउन सकेका छैनन् । विद्यालय व्यवस्थापन समितिले भने समिति भित्रै एकअर्काले काम गर्न नदिएको भन्दै आरोप लगाउँदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group