ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा मेरुदण्ड पक्षाघात पुनःस्थापना केन्द्र निर्माण हुने


bhawani desk
१४ श्रावण २०७५, सोमबार   १ : ५६   बजे

चितवन, १४ साउन । जिल्लामा रहेका पाँच रोटरी क्लबले भरतपुर महानगरपालिकाको सहकार्यमा मेरुदण्ड पक्षाघात पुनःस्थापना केन्द्र सञ्चालन गर्ने भएका छन् ।

भरतपुर महानगरपालिका–३ स्थित बाह्रघरेमा एक बिघा जग्गा प्राप्त हुने भएपछि रोटरी क्लब अफ चितवनको अगुवाईमा रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ रत्ननगरले सो केन्द्र सञ्चालन गर्न लागेका हुन् ।

रोटरी क्लब अफ चितवनका अध्यक्ष कपिलबाबु खनालका अनुसार केन्द्र स्थापनाका लागि महानगरले जग्गा उपलब्ध गराउने भएको छ । करिव रू रु १५ करोड लागत अनुमान गरिएको सो केन्द्रका लागि स्थानीय स्रोत, रोटरियन र दाताको सहयोगमा भवन निर्माण गरिने छ भने आवश्यक उपकरण रोटरी इन्टरनेशनलको रोटरी फाउण्डेशन र अन्य दाताबाट लिइने छ । प्राविधिक क्षेत्रमा नेपाल स्पाइनल इञ्जुरी संघले सहयोग गर्ने भएको छ ।

अध्यक्ष खनालले पचास श्यायको उक्त केन्द्र सञ्चालनका लागि खर्च गर्नसक्ने बिरामीबाट पनि केही रकम लिने, त्यस्ता बिरामीका लागि सरकारले दिने रु एक लाख र अन्य स्रोत दाताबाटै सङ्कलन गरिने बताउनुभयो ।

महानगर प्रमुख रेनु दाहालले केन्द्र स्थापनाका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराएर सहकार्य गरेको बताउनुभयो ।

महानगरसंग भएको संझौताबमोजिम पाँच वर्षभित्र केन्द्र सञ्चालनमा आइसक्नुपर्ने सो केन्द्र ५० श्ययाको हुनुपर्ने, केन्द्र स्थापना र सञ्चालनको व्यवस्थापन रोटरी क्लबले गर्नुपर्ने, भौतिक संरचना निर्माणका क्रममा महानगरको निर्देशन पालना गर्नुपर्ने र यो केन्द्र सर्वसाधारणको हितसंग केन्द्रित हुनुपर्ने उल्लेख छ ।

नेपालमा नै पहिलो पटक भरतपुर महानगरमा पुनःस्थापना केन्द्र स्थापना हुँदा देशका सबै ठाउँबाट आएर बिरामीले उपचार गर्न सक्ने प्रमुख दाहालले विश्वास व्यक्त गर्नुभयो ।

केन्द्रका प्राविधिक संयोजक डा कृष्ण पौडेलकाअनुसार पक्षाघात भएका बिरामीको उपचारका लागि यो केन्द्र नेपालकै नमूना केन्द्र बन्ने छ । केन्द्रमा पुनःस्थापनासँगै ह्लिचियर चढ्ने तालीम, पौडी पोखरीमा हाइड्रोथेरापी, फिजियोथेरापी, व्यावसायिक तालीमलगायतका सुविधा दिइने छ । दुर्घटनाका घाइते, भिरबाट लडेका, रुखबाट खसेका, मधुमेह भएका, मेरुदण्डमा क्षयरोग र क्यान्सर भएका बिरामीका लागि केन्द्र महत्वपूर्ण हुने छ ।

उक्त केन्द्र निर्माण समितिका संयोजक उत्तमलाल चुकेका अनुसार खर्च जुटाउनका लागि केही दाताको खोजी भइसकेकाले तीन वर्षभित्रमा पूर्णरुपमा सञ्चालनमा आउने गरी काम अघि बढाइने छ । पाँचवर्ष अघि नै जिल्लाका रोटरी क्लबले भरतपुर अस्पताल परिसरमा केन्द्र स्थापना गर्न चाहे पनि जग्गाको अभावमा कार्य अघि बढेको थिएन ।

अस्पताल परिसरमा हाल १५ श्ययाको पक्षाघातका बिरामीको उपचार केन्द्र रोटरीको सहयोगमा सञ्चालन भइरहेको छ ।

मेडिकल सिटीको रुपमा विकास भएको चितवनमा पक्षाघात भएका बिरामीलाई अन्य उपचारका लागि पनि सहज हुने भएपछि यहाँका रोटरी क्लबले केही वर्षयता केन्द्र स्थापनाका लागि पहल गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group