विराटनगर, १४ साउन । सोमबार कोशी अञ्चल अस्पतालमा इटहरीका सुरजकुमार नेपालले सुनको सिक्री दिसा गरेका छन् ।घटना शुक्रबार तिनदिन अघिको हो । विराटनगर जलजला रोडको राठी ज्वेलर्समा ग्राहक बनेर गएका उनले एक तोला सुनको सिक्री नै निलेका थिए ।
नेपालले सिक्री निलेको भन्दै ज्वेलर्सका सञ्चालक अरुण राठीले तत्काल प्रहरीमा उजुरी गरेपछि उनलाई अस्पताल लगिएको थियो । एक्स–रे रिपोर्टमा पेटभित्र धातु देखिएपछि प्रहरी निगरानीमा उनलाई कोशी अञ्चल अस्पतालमा राखिएको थियो ।
३१ वर्षिय नेपाललाई सोमबार बल्ल पेट खुल्यो र दिसाबाट सुनको सिक्री निस्किएको थियो । प्रहरी उपरीक्षक मनोज केसीले भने ‘अब सबुद प्राप्त भएको छ, हामीले मुद्दा दर्ता गरी उनीमाथि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाएका छौं ।’
प्रतिक्रिया दिनुहोस्