ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रलोभनमा परेर शहरिया महिला नै बेचिन्छन्


एबीसी न्यूज
१४ श्रावण २०७५, सोमबार   ६ : ४४   बजे

चितवन, १४ साउन ।  दूर्गम र पहाडी क्षेत्रका निरक्षर मात्र होइन, शहरका शिक्षित महिलाहरु पनि मानव बेचबिखनमा पर्ने गरेका छन् ।

वैदेशिक रोजगारीका नाममा जागिर खाँदै गरेका र शिक्षित महिलाहरुसमेत बेचबिखनमा परेका हुन् ।

महिलाहरुको पुनःस्थापनामा क्रियाशील आदर्श नारी गृहकी सलाहकार मीना खरेलका अनुसार एउटा बैंकमा तल्लो तहमा काम गर्दै गरेकी एक महिलालाई उद्धार गरिएको छ । प्रवेशिका परीक्षा उत्तीर्ण गरेर पढ्दै गरेका पनि मानव बेचबिखनमा पर्ने गरेका छन् । गृहले गत आर्थिक वर्षमा २२ जनाको उद्धार गरेको छ । जसमध्ये ११ जना चितवनका छन् ।

उनीहरु भरतपुर महानगरपालिका, कालिका नगरपालिका र माडी नगरपालिकाका हुन् । बैदेशिक रोजगारीका नाममा अधिकांशलाई फकाइफुलाई लैजाने गरेको पाइएको छ ।

सिलाइकटाइ, व्युटिपार्लर, गार्मेन्टलगायतमा रोजगारी लगाइदिने भन्दै बेचबिखनका लागि लैजाने क्रम बढेको पाइएको छ । सलाहकार खरेल भन्नुहुन्छ “केहि काम नगरी बसेका र सामान्य काम गरेकाहरुलाई काम सिक्दैमा रु २० हजार, त्यसपछि अरू धेरै तलब पाउने प्रलोभनमा पारिन्छ ।”

भारतबाट युरोपसम्म जान पाउने, पासपोर्ट र नागरिकतासमेत दलालले नै बनाई दिने आश्वासन उनीहरुलाई दिने गरेका छन् ।

गृहले दिल्लीको कोठीबाटै बेचिएका महिलाहरुको पनि उद्धार गरेको छ । उद्धार गरिएकाहरु दलित, जनजाति समुदायका बढी रहेका छन् । खुल्ला नाका भएकाले सहजै भारतीय बजारहरुमा यौन धन्दाका लागि यहाँका महिलाहरु बढी बेचिने गरेका देखिएका छन् । यससँगै अंग प्रत्यारोपण, सर्कस, डान्सबार, घरेलु कामदार, बन्धक बनाएर यौन शोषण, दासका रुपमा राख्न पनि महिलाहरु बिक्री हुने गरेको बताएका छन् ।

मानव बेचबिखनमा परेका महिलाहरुको उद्धारमा क्रियाशील संस्था किङ्गडम इन्भेष्टमेन्ट (केआई) नेपालले गत आर्थिक वर्षमा उद्धार गरेकामध्ये नौ जना चितवनका छन् ।

जिल्ला संयोजक केमिका घिमिरेका अनुसार उनीहरुलाई वीरगञ्ज, सुनौली र भारतबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा पनि भरतपुर महानगरपालिका, माडी नगरपालिका र कालिका नगरपालिकाका छन् ।

यो संस्थाले पनि भारतका कोठीहरुबाट समेत बेचबिखनमा परेकाहरुलाई उद्धार गरेको जनाएको छ । बेचबिखनमा परेकाहरु धेरै पैसा कमाउने प्रलोभनमा फस्ने गरेको घिमिरेले बताउनुभयो । धेरै कमाउने, मिठो खाने र घुम्ने प्रलोभनमा युवती र महिलाहरु बेचबिखनमा पर्ने गरेको पाइन्छ ।

माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरी जनवरी यता उद्धार गरिएका नौ जनामध्ये पाँच जना चितवनका रहेका बताउनुहुन्छ । उनीहरुलाई ठोरी नाका, महेन्द्रनगर र भैरहवाबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा भरतपुर महानगरको जगतपुर, ईच्छाकामना गाउँपालिकाको दारेचोक र कालिका नगरपालिकाको पदमपुरका छन् ।

वैदेशिक रोजगारीमा जाने नाममा उनीहरु बेचबिखनमा परेका हुन् । दलालहरुले विभिन्न प्रलोभनमा सहजै फकाउन सक्ने भएपछि महानगर र नगर क्षेत्रका शिक्षित महिलाहरुसमेत फस्ने गरेको गिरीको तर्क छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७४/७५ मा १० वटा मानब बेचबिखनका मुद्दा दर्ता भएका छन् । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले १२ जनालाई पक्राउ गरी मानब बेचबिखनको मुद्दा दर्ता गरिएको बताउनुभयो । ती मुद्दामा १३ जना फरार छन् ।

आर्थिक वर्ष २०७३/०७४ मा जिल्लामा मानन बेचबिखनका नौ वटा मुद्दा दर्ता भएका थिए । जसमा सात जनालाई पक्राउ गरी कारवाही गरिएको थियो भने पाँच जना फरार छन् । सोही समयमा आठ जना महिलाको बिभिन्न नाकाबाट उद्धार गरिएको थियो ।

युरोपियन देशहरुमा रोजगारी लगाइदिन्छु, परिवारलाई तत्काल राहत दिलाइदिने, विवाह गरेको नाटक गर्ने र नाता गाँसेर नाका पार गराउने काम बढी हुने गरेको पाइन्छ ।

चितवन हुँदै ठोरी, वीरगञ्ज, सुनौली, कृष्णनगर, काँकडभिट्टा, विराटनगर, नेपालगञ्जलगायतका नाकाबाट भारत लगिने गरेको छ । अन्य जिल्लाबाट चितवनको बाटो प्रयोग गरेर बेचबिखनका लागि लैजाने गरेको पाइन्छ ।

भारतसँग खुल्ला सीमा भएकाले सहजै आवतजावत गर्न सकिने हुँदा दलालहरुलाई महिला बेचबिखन गर्न सहज भएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group