ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली सेनाद्वारा निर्मित जाजरकोट–डोल्पा मोटरबाटो निर्माण कार्य तीव्र


एबीसी न्यूज
१५ श्रावण २०७५, मंगलबार   १ : ३०   बजे

डोल्पा, १५ साउन । विकट हिमाली जिल्ला डोल्पालाई सडक यातायातको पहुँचमा जोड्न जाजरकोट–डोल्पा मोटरबाटो निर्माण कार्यलाई तीव्र पारिएको छ ।

अहिले दाङ–त्रिपुराकोट सडकखण्डको निर्माण कार्यलाई तीव्रता दिइएको नेपाली सेनाले जनाएको छ । सेनाले जिम्मा लिएको उक्त सडकखण्डअन्तर्गत खदाङ–त्रिपुराकोट खण्डको बीचमा पर्ने दर्जनांै भिर छिचोलेर मोटर गुड्ने चौडा सडक बनाइएको छ ।

कूल लम्बाइ ११७ दशमलब सात किमी रहेको जाजरकोट डोल्पा सडकखण्डको जिरो पोइन्ट जाजरकोटको पासगाडलाई मानेर निर्माण कार्य थालनी गरिएको थियो ।

विसं २०७३ साउनमा रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारसम्म सडक निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएपछि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो ।

डोल्पा दुनैलाई सडक सञ्जालमा जोड्ने अन्तिम भिरको रुपमा त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने तरपरे भिरमा काम गरिरहेको सेनाले जनाएको छ ।

खदाङ–त्रिपुराकोट खण्डका चिप्ले भिर, श्रीविण्डे भिर, फोइ भिरलगायतका दर्जनांै विशाल भिरको निर्माण कार्य सम्पन्न गरेर अन्तिम भिरको रुपमा तरपरे भिर निर्माण भइरहेको छ । तरपरे भिर निर्माण हुनेबित्तिकै डोल्पा दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिने सेनाले जनाएको छ ।

“सानोतिनो प्रयासले जाजरकोटदेखि डोल्पासम्मको सडक निर्माण कार्य सम्पन्न गरेर सडक कुदाउने सपना देख्नु सम्भव थिएन्”, जाजरकोट–डोल्पा सडक निर्माण कार्यदल प्रमुख बिश्वबन्धु पहाडीले भन्नुभयो ।

“जाजरकोटदेखि डोल्पा जोड्ने सडक निर्माणको जिम्मा लिनु सेना स्वयमंको लागि चुनौतीको विषय थियो तर विभिन्न चुनौतीका बाबजुत पनि निर्माण कार्य अन्तिम चरण पु¥याएको छ अब डोल्पालीको सपना साकार भइसकेको छ”, उहाँले भन्नुभयो ।

“सडक निर्माणको क्रममा मनमई भिर, काला पहाड, तल्नु भिर कुच्ची भिर, चिप्ले भिर, एैरी बथान भिर, फोई भिरजस्ता भिरसमेत छिचोल्दै सेना अगाडि बढेको उहाँले बताउनुभयो । डोल्पासम्म सडक पु¥याउनका लागि ज्यानको बाजी लगाएर सेनाले काम गरिरहेको छ उहाँले भन्नुभयो ।

“अब डोल्पाली जनताको सडक देख्ने सपनाले साकार रुप लिँदैछ । जाजरकोट–डोल्पा सडकखण्डको अन्तिम भिरको रुपमा तरपरे भिरमात्रै बाँकी रहेको कार्यदल प्रमुख पहाडीले बताउनुभयो ।

“डोल्पालीका दुःखका दिन गए, डोल्पालीको पुस्तौँदेखिको सपना साकार पार्न सेना थाकेको छैन्”, उहाँले भन्नुभयो । “अब ५०० मिटर मात्रै सडक निर्माण गर्न बाँकी छ, दशैँभित्रै डोल्पा सदमुकाम दुनैलाई राष्ट्रिय सडक सञ्जालमा जोड्छौँ”, कर्णेल पहाडीले थप्नुभयो ।

सडक निर्माणसँगै त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने खदाङ हरियापानीसम्म जीप ट्र्याक्टरलगायतका यातायात सञ्चालनमा ल्याइएको छ । गत चैत २५ गते पूर्वशान्ति मन्त्री सत्य पहाडीद्वारा रुकुमको त्रिवेणी बजारदेखि–खदाङ हरियापानीसम्मको सडक उद्घाटन गर्दै यातायात सञ्चालनमा ल्याइएको हो ।

खदाङसम्म यातायात सञ्चालनमा ल्याइएपछि डोल्पाली जनताको जिल्ला बाहिरको यात्रासमेत छोटिएको छ । सदरमुकाम दुनैदेखि दुई दिनमै नेपालगञ्ज, सुर्खेतलगायतका शहरमा पुगिन्छ ।

त्यतिमात्रै नभई खाद्यान आपूर्तिमा पनि सहज भएको डोल्पालीले बताएका छन् । वर्षंैदेखि आफैँ बोकेर र खच्चडको भरमा धानिएको डोल्पामा खाद्यानको मूल्य पनि घटेकाले सर्वसाधारण खुशी छन् ।

अहिले रुकुमको गोतामकोटदेखि हरियापानी बजारसम्म गाडी गुड्छन्, भने खदाङदेखि सिउरेनी बजारसम्म ट्र्याक्टर सञ्चालनमा ल्याइएको छ । सडक निर्माण सामग्री ओसारपसार गर्नका लागि आफ्नै ट्र्याक्टर सञ्चालनमा ल्याइएको सेनाले जनाएको छ ।

खदाङ–त्रिपुराकोट सडकखण्ड निर्माण कार्य तीव्र पारिएपछि दैनिक तीनसय कामदारले काम गरिरहेका छन् । अप्ठेरा भिर छिचोल्न दर्जन धेरै कम्प्रेसर मेसिनको प्रयोग भइरहेको सेनाले जनाएको छ ।

सडक निर्माणकै लागि खदाङ र धाउने गरेर दुई ठाउँमा नेपाली सेनाको निर्माणवेश टोली राखिएको छ । दैनिक चार–पाँच ठाउँमा ब्लास्टिङ गरिने र खदाङ–त्रिपुराकोट खण्ड निर्माणका लागि दुईवटा डोजर लगाएको सेनाले जनाएको छ ।

डोल्पा सदरमुकाम दुनै मोटर पु¥याउने सडक निर्माण कार्य अन्तिम चरणमा पुगेपछि डोल्पाली जनतामा खुशीेयाली छाएको छ । सुर्खेत, नेपालगञ्ज, काठमाडाँै पुग्न सल्यानको सल्लीबजार सुर्खेत छिन्चुबाटै पैदल हिँडेका मान्छे घर छोडेको तीन घण्टामै मोटर चढ्न पाउँदा खुशीले दंग परेका हुन् ।

“एक महिना हिँडेर काठमाडाँै पुगेको व्यक्ति मै हँु, त्यतिखेर घरबाट हिँडेपछि सकुशल ज्यान फर्किन्छ, कि फर्किंदैन पत्तो हँुँदैन थियो” त्रिपुरासुन्दरी नगरपालिका–१ का ८० वर्षीया वयोवृद्ध रविप्रसाद न्यौपानेले भन्नुभयो ।

“नून चामलका लागि पनि हप्तौं हिँडेर रुकुमको राडी, चौरजहारी सल्यानको सल्लीबजारसम्म पुग्नुपथ्र्यो” उहाँले विगत सम्झँदै भन्नुभयो । अहिले डोल्पा दुनैसम्म मोटरबाटो आउन पाँचसय मिटर मात्रै बाँकी छ भन्ने खबरले उहाँलाई हर्षित तुल्याएको छ । उहाँ भन्नुहुन्छ, “सबैभन्दा ठूलो विकास मोटरबाटो आउनु रहेछ, गाडी पुग्यो भने सबै कुराको सहज हुन्छ ।”

अब दशैँभित्रै मोटरपुग्ने भएपछि त्रिपुरासुन्दरी नगरपालिका–१ का तुलबहादुर बोहोरा पनि खुशीले दंग छन् । गाडी पुगेपछि आवतजावत सहजको कुरा त छँदैछ, बजार नपाएर त्यसै खेर गइरहेका स्याउ, ओखरलगायतका फलफूल र जडीबुटीले बजार पाउने उहाँमा विश्वास जागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group