ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रेड युनियन संगठन एकता प्रक्रिया शुरु


एबीसी न्यूज
१५ श्रावण २०७५, मंगलबार   ३ : १६   बजे

काठमाडौँ, १५ साउन । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्बद्ध नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघको एकताका लागि प्रक्रिया शुरु भएको छ ।

दुबै संगठनबाट समानुपातिक प्रतिनिधित्व हुने गरी नेपाल टे«ड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय सम्मेलन समिति गठन गरिएको छ ।

उक्त समितिको सदस्यमा गणेश रेग्मी, रमेश बडाल, विदुर कार्की, जगत सिंखडा, रीना गुरुङ, धनबहादुर विक, जनक चौधरी, जय कार्की, उषा देवकोटा र सोनालाल साह हुनुहुन्छ ।

समितिले प्रदेश र जिल्ला कमिटीभित्रका साथै उद्योग, यातायात, पर्यटनलगायत क्षेत्रमा विस्तार गरेको सदस्य युनियनको समेत एकता प्रक्रियालाई व्यवस्थित गर्नेछ ।

समितिले एकताका लागि आवश्यक विधान निर्माण गरी पदाधिकारी तथा केन्द्रीय कमिटीको सदस्य संख्याको टुंगो लगाउने नवगठित समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

गत जेठ ३ गते तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० का बीच पार्टी एकता भएर नेकपा घोषणा हुँदा तीन महिना भदौ ३ भित्र आधारभूत तहसम्म एकता गरिसक्ने भनिएको भए पनि समयमै आवश्यक विधान र नियमावली बन्न नसकेका कारण अहिलेसम्म कुनै पनि जनवर्गीय संगठन प्रक्रिया अघि बढ्न सकेको थिएन ।

यसअघि पार्टीले सम्बन्धित प्रदेश, जिल्ला र जनसंगठनको जिम्मेवारीमा रहेका इञ्चार्ज, सह इञ्चार्ज र सम्बन्धित कमिटीका अध्यक्ष रहेको कार्यदल गठन गरी एकताबारे सुझावसहितको प्रतिवेदन दिन निर्देशन दिएको बताइएको छ । दुबै पार्टीको विद्यार्थी संगठन र युवा संगठन पनि एकताका लागि गृहकार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

छातीमा दुखाइ भएपछि सभामुख अर्याल अस्पताल, स्वास्थ्य परीक्षणपछि घर फर्किए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu