काठमाडौं, १६ साउन। राष्ट्रिय परीक्षा बोर्डले प्राविधिक समस्या आएको भन्दै कक्षा १२ को नतिजा भोलि बिहीबार मात्रै सार्वजनकि गर्ने बताएको छ ।
हिजो मंगलबार नतिजा प्रकाशनको लागि सबै काम सक्किसकेको जनाउँदै आज नतिजा सार्वजनिक गरिने बताइएको थियो ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘भोलि नतिजा सार्वजनिक गर्छौं । अझै फाइनल गर्न बाँकी छ । काम गर्दै जाँदा केही प्राविधिक समस्या आइपर्यो ।
आज नतिजा प्रकाशन गर्न सकेनौं ।’ परीक्षामा करिव ४ लाख विद्यार्थी सहभागी छन् ।
बोर्ड स्रोतका अनुसार परीक्षा नियन्त्रकले मंगलबार नै नतिजाको लागि सम्पूर्ण काम सकिएको जानकारी बोर्ड अध्यक्षलाई गराइसकेका थिए ।
बोर्डका केही सदस्य बुधबारको बैठकमा उपस्थित हुन नसक्ने जनाएपछि नतिजा भोलिका लागि सारिएको स्रोतले बतायो । स्रोतले भन्यो, ‘काम मंगलबारै सकिएको छ।
बोर्डका पदाधिकारी बसेर डेमो भइसक्यो अब गर्न बाँकी केही छैन । खै किन हो नतिजा सार्वजनिक गर्न ढिला गरियो ।’
यसपटक बोर्डले नियमितको अक्षरांकमा र आशिंकको नम्बर नतिजा प्रकाशित गर्दै छ ।
प्रतिक्रिया दिनुहोस्