ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अखिल क्रान्तिकारीको २१औँ माधिवेशन सुरु


admin
७ भदौ २०७४, बुधबार   ८ : १७   बजे

काठमाडौँ, ७ भदौ । नेकपा (माओवादी केन्द्र)को जनवर्गीय संगठन (अनेरास्ववियु क्रान्तिकारी) को २१औँं राष्ट्रिय सम्मेलन आजदेखि राजधानीमा सुरु भएको छ ।

‘राष्ट्रियता र समाजवादी शिक्षाको पक्षमा हाम्रो अभियान, सुदृढ संगठन निर्माणका लागि एकताको २१औँ राष्ट्रिय सम्मेलन’ भन्ने नारासहित आजदेखि सुरु भएको सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो ।

सम्मेलनको बन्दसत्र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको स्मृति भवनमा बिहीबारदेखि सुरु हुनेछ । सम्मेलनमा दुई हजार ७२ प्रतिनिधि रहेका छन् ।

यही भदौ ११ गते नयाँ नेतृत्व चयन गर्दै सम्मेलन सम्पन्न हुने संगठनका अध्यक्ष नरेन्द्रप्रसाद न्यौपानले जानकारी दिनुभयो । सम्मेलनमा विभिन्न पार्टी निकट विद्यार्थी संगठनका अध्यक्ष र प्रतिनिधिहरुले सफलताको शुभकामना दिनुभएको थियो ।

नेतृत्वमा सहमति नभए मतदान गर्न प्रचण्डको निर्देशन
सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संगठनको नेतृत्वमा सहमति नभए मतदान प्रक्रियामा लैजान विद्यार्थी नेताहरुलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, यसपटक पार्टीले नयाँ प्रयोग गर्न खोज्दैछौँ, जनवर्गीय संगठनको नेतृत्व चयनमा पार्टीले माथिबाट हस्तक्षेप नगर्ने नीति लिएका छौँ, सहमति नभए प्रतिस्पर्धामा जानुहोस् ।”

क्रान्तिकारीका नेताहरु अनिल शर्मा, रञ्जित तामाङ, रामचन्द्र अधिकारी, वीरेन्द्र बस्नेतलगायत अध्यक्षका आकांक्षी हुनुहन्छ । प्रतिस्पर्धामा जाँदा सभ्य र शालिन रुपमा प्रस्तुत हुन नेतृत्वका आकांक्षीलाई उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो प्रतिस्पर्धा विद्यार्थी नेताहरुबीच मात्रै सीमित रहोस्, पार्टीका केन्द्रीय नेता कसैलाई जिताउन र हराउन लागे मलाई जानकारी दिनुहोस्, त्यस्ता नेतालाई कारबाही हुन्छ ।”

माओवादी शक्तिशाली हुँदैछ
सम्मेलनमा अध्यक्ष दाहालले पछिल्लो माओवादी धारका पार्टीबीचको एकता र धुव्रीकरणले माओवादी केन्द्र बलियो बन्दै गएको टिप्पणी गर्नुभयो । माओवादी आन्दोलन र क्रान्तिकारी शक्तिबीच एकताको अभियान सफल हुँदै गएको र यसबाट अन्य पार्टीहरु डराउन थालेको उहाँको भनाइ थिायो ।

उहाँले भन्नुभयो, “शान्ति प्रक्रियामा आएपछि हाम्रो आन्दोलन विचलित र विभाजन भएको सत्य हो, यो विचलनको सबैभन्दा बढी नैतिक जिम्मेवारी म लिन तयार छु, अब यसलाई सुधार गर्नुपर्छ भन्ने निर्णय केही दिन अघिको पार्टी बैठकले गरीसकेको छ ।” अर्को प्रसंगमा संघीयता, गणतन्त्र र समावेशी, समानुपातिक एजेण्डाका विरोधीले चुनाव जित्ने र परिवर्तका पक्षधरले चुनाव हार्ने अवस्था किने आयो भन्ने समीक्षा गर्न आवश्यक छ ।

प्राप्त उपलब्धिलाई संस्थागत गर्ने प्रक्रियामा आफूहरु लागेको र केही शक्ति त्यसलाई उल्टाउने खेलमा लागिरहेको अध्यक्ष दाहालको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group