ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कक्षा पांचमा एक विद्यार्थी पांच शिक्षक


एबीसी न्यूज
१७ श्रावण २०७५, बिहिबार   १० : ५६   बजे

जाजरकोट,१७ साउन ।  डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन् ।

उक्त विद्यालयको कक्षा एकमा पाँच, कक्षा दुईमा नौँ, कक्षा तीनमा १०, कक्षा चारमा पाँच र कक्षा पाँचमा एक जना विद्यार्थी पढ्दै आएका छन् । विद्यालयमा पनि पाँचै शिक्षकको दरबन्दी छ ।

स्थापनाकालदेखि उक्त विद्यालयमा कक्षा कोठा, खानेपानी र शौचालय नहुँदा दैनिक समस्य पर्दै आएको छ । आधारभूत आवश्यकता नहुँदा बर्सेनि विद्यार्थीको संख्या घट्दै गएको छ ।

विद्यालयको समस्या समाधान नभएको भन्दै विद्यालय छोडेर एक घण्टा बाटो हिँडेर त्रिपुराकोट बगरमा रहेको फोक्सुन्डो मदरल्यान्ड बोर्डिङ स्कुलमा अधिकांश विद्यार्थी जाने गरेको अविभावक भीमबहादुर उखेडाले बताउनुभयो ।

विद्यालयमा पढाउने केही शिक्षकले पनि छिमेकी गाउँको विद्यालयमा पढाइरहेको शिक्षिका रामकुमारी शाहीले जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक पुष्पराज महत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पन्नबहादुर नेवारले विद्यालयको अवस्था सुधारका लागि खासै चासो नदिएको उहाँको आरोप थियो । विद्यार्थी र शिक्षकले खुला ठाउँमा दिसा र पिसाब गर्ने गरेको स्थानीयवासीले बताए । (रासस)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu