ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारमाथि अकारण हमला भइरहेको छ : प्रधानमन्त्री ओली


bhawani desk
१७ श्रावण २०७५, बिहिबार   ६ : ०६   बजे

ललितपुर, १७ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप-प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभएको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठानले आज उहाँ आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसी लालको योगदान’ कार्यक्रममा उहाँले प्रतिपक्षले आफ्नो भूमिका निभाउन छाडेर सरकारलाई आरोप लगाउन उद्धत भएको आरोप लगाउनुभयो ।

प्रधानन्यायाधीश सुनुवाइमा सुनुवाइ समितिलाई संविधानसम्वत काम गर्न प्रतिपक्षले नदिएको भन्दै प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्ले प्रस्ताव गरेको नाममा विभिन्न उजुरी वा निवेदनमा सम्बन्धित व्यक्तिले सफाइ दिने व्यवस्था भएको स्मरण गराउनुभयो । उहाँले भन्नुभयो, “समितिलाई काम गर्न नदिएर बोल्ने÷बोलाउने र लेख्ने-लेखाउने काम भइरहेको छ ।”

जनताले निर्वाचनमार्फत चुनेका जनप्रतिनिधिले संसद्मा खुला छलफल गर्न नपाएको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “संविधानअनुसार पनि संसद्मा नै छलफल गरेर निर्णय हुनुपर्छ ।” उहाँले संसद्को निर्णयभन्दा पनि अरुले गरेको निर्णय मान्नु गलत भएको औँल्याउनुभयो । संसद्को आदेश नमान्ने भए एक जना प्रधानमन्त्री र एक जना प्रतिपक्षी दलका संसदीय दलका नेता भए पुग्ने भन्दै प्रधानमन्त्री ओलीले संसद्मा सबैले खुला छलफल भएर आफ्नो काम गर्न पाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा लोकतन्त्रले सीमा नाँघेर अनियन्त्रित क्रियाकलाप हुँदै गएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “लोकतन्त्र अनियन्त्रित हुँदै जाँदा अराजकता बढ्दै जान्छ ।” उहाँले सरकारमा माथि अकारण हमला भइरहेको उल्लेख गर्नुभयो ।

तुलसीलाल अमात्यलगायत स्थापनाकालका नेताका कारण वामपन्थी आन्दोलनले उचाइमा पुगेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “उहाँहरुको त्याग, तपस्या र अनवरत बलिदान र संघर्षले आन्दोलनलाई जीवित बनाएको थियो ।”

पहिलो पुस्ताका नेताहरुबाट आफूहरुले पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “पहिलो पुस्ता जीवित हुँदा एकले अर्काेलाई नमान्ने प्रवृत्ति थियो, अहिले त्यो हटेर परिपक्व वामपन्थी आन्दोलनको अवस्था सिर्जना हुँदै गएको छ ।”

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिक्रियावादी शक्तिले हमला र घेराबन्दी नरोकेको बताउनुभयो ।

वामपन्थी शक्तिको एकता सिंगो विश्वका लागि असाधारण घटना भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो पहलकदमी विश्वव्यापी महत्वको घटना हो र सबैले ध्यानपूर्वक हामीलाई हेरिरहेका छन् ।” विश्वभरका श्रमजीवि र वामपन्थीले अहिले नेपाललाई नियालेको उहाँले औँलाउनुभयो ।

अध्यक्ष प्रचण्डले नेपाल कम्युनिष्ट पार्टीको पछाडि लागेको पुच्छर लामो समयपछि हट्नु र झण्डै दुई तिहाइ बहुमतको वामपन्थी सरकार सबैको चासोको विषय बनेको बताउनुभयो । पार्टीले तल्ला तहका कमिटीलाई एकता गर्न परिपत्र गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “अहिलेसम्म केन्द्रमा मात्रै एकता भएकोमा आगामी दिनमा तल्ला कमिटीसम्म एकता हुनेछ ।”

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले कमी कमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले नयाँ खालको समाजवाद विकास गर्नै खाँचो छ । अग्रज वामपन्थी नेताबाट प्रेरणा लिएर अघि बढ्नुपर्छ ।”

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले तुलसीलाल काठमाडौँ उपत्यकामा जन्मेर पनि परिवर्तनका लागि नेपालको गाउँगाउँसम्म पुग्नुभएको स्मरण गर्नुभयो । तुलसीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यले तुलसीलाल अमात्यका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group