भद्रपुर, १७ साउन । जिल्ला कारागार झापामा थुनामा रहेकै बेला बच्चा जन्माएकी एक युवती कारागारमुक्त भएकी छिन् ।
भद्रपुर–४ की २० वर्षीया सुस्मिता गुरुङलाई सरकारले कैद मिनाहा गरी कारागारमुक्त गरेको कारागार प्रमुख यज्ञराज निरौलाले जानकारी दिनुभयो । चार महिनाको गर्भवती अवस्थामा सार्वजनिक अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा पु¥याइएकी उनले मेची अञ्चल अस्पतालमा यही साउन १० गते छोरी जन्माएकी थिइन् ।
जिल्ला प्रशासन कार्यालय झापाले तोकेको रु पाँच हजार धरौटी बुझाउन नसक्दा पुर्पक्षका लागि कारागार चलान भएकी थिइन् । जिप्रका झापाले नै बाँकी कैद मिनाहा गरेर उनलाई रिहा गरेको कारागार प्रमुख निरौलाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्