ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उच्च अदालतको आदेशः ‘फरार’ राज्यमन्त्रीलाई अभिराम शर्मा पक्राउ गर्नू


एबीसी न्यूज
१७ श्रावण २०७५, बिहिबार   ७ : ३८   बजे

जनकपुरधाम, १७ साउन । उच्च अदालत जनकपुरले प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई पक्राउ गर्न परमादेश जारी गरेको छ ।
राजपाबाट प्रदेश २ सरकारमा राज्यमन्त्री बनेका उनी असई थमन विकको हत्याका फरार अभियुक्त हुन् । प्रहरीको सूचीमा फरार भएकै बेला उनी प्रदेशसभा सदस्य चुनिएका थिए । हालै मात्र राजपाले उनलाई राज्यमन्त्री बनाएको छ । अर्का अभियुक्त शंकर शाही भनिने रामशंकर मिश्र जलेश्वर नगरपालिकाको मेयर भइसकेका छन् ।
फरार भनिएका प्रतिवादीहरू सार्वजनिक पद धारण गरेर खुलेआम हिँड्दा पनि हत्याका अभियुक्तहरुलाई पक्राउ नगरेको भन्दै उच्च अदालत जनकपुरले बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीको नाममा परमादेश जारी गरेको हो ।
न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको संयुक्त इजलासले प्रहरीलाई सचेत गराएको छ ।
महोत्तरी जिल्ला अदालतको आदेशबाट केही प्रतिवादी जलेश्वर कारागारमा थुनामा रहेको भए पनि बाँकी प्रतिवादीलाई प्रहरीले पक्राउ नगरेको भन्दै असई विककी श्रीमती शोभा गहतराजले २८ चैत २०७२ मा अदालतमा मुद्धा हालेकी थिइन् ।
यो मुद्दामा जलेश्वर २ का मिश्रलाल माझी, ३ का संजयकुमार साह र परिकौलीका मोहन ठाकुर थुनामा छन् । तर, अरु अभियुक्त पक्राउ परेका छैनन् । महोत्तरी प्रहरीका प्रहरी उपरीक्षक कुवेर कडायतले भने अदालतको आदेश आइनपुगेको बताए ।
मधेस आन्दोलनको क्रममा २५ भदौ ०७२ मा महोत्तरीको जलेश्वरमा भएको झडपका क्रममा सशस्त्र प्रहरीका असई थमन घाइते भएका थिए । उपचारका लागि जनकपुरमा ल्याउने क्रममा एम्बुलेन्सबाटै थुतेर उनको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीले जलविद्युत आयोजना र सबस्टेसनमा क्षति, विद्युत् आपूर्ति अवरुद्ध

भोटेकोसी बाढीले विदुरका ६ वडा प्रभावित, विद्युत् र सञ्चार सेवा विच्छेद

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Sudan’s Military Gains May Not Bring Lasting Peace

Bhotekoshi River Flash Flood Damages Buildings in Nuwakot District

Flash Flooding in Nepal’s Bhotekoshi River Leaves 26 Police Officers Missing

रसुवा बाढीले जलविद्युत आयोजना र सबस्टेसनमा क्षति, विद्युत् आपूर्ति अवरुद्ध

भोटेकोसी बाढीले विदुरका ६ वडा प्रभावित, विद्युत् र सञ्चार सेवा विच्छेद

विपद् प्राधिकरणको बैठक- उद्धार कार्यलाई तीव्रता दिने निर्णय, ८ वटा हेलिकप्टर परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu