ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउदी अरबको जेलमा रहेका घर्तीको जीवन रक्षाका लागि पन्ध्र लाख हस्तान्तरण


एबीसी न्यूज
१८ श्रावण २०७५, शुक्रबार   ६ : ५९   बजे

 

काठमाडौँ, १८ साउन । साउदी अरबको जेलमा रहेका दिलबहादुर घर्तीमगरको जीवन रक्षाका लागि  १५ लाखभन्दा बढी सहयोग रकम हस्तान्तरण भएको छ ।

ऊर्जा तथा सिँचाईमन्त्री वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्तीमगरले दिलबहादुरको जीवन रक्षाका लागि संयुक्त रुपमा  एक लाख सहयोग हस्तान्तरण गर्नुभएको छ ।

ऊर्जामन्त्री र पूर्वसभामुखसहित वाईसिएल जिल्ला समिति रोल्पाको पहलमा संकलित पाँच लाख ७८ हजार, मगर संघ साउदी अरबबाट संकलित रु सात लाख ५० हजार, प्रदेश सांसद लालकुमारी पुनबाट  ५० हजार र मगर संघ कतारबाट संकलित २५ हजार रकम आज ‘दिलबहादुर घर्ती बचाउका लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिलाई हस्तान्तरण गरिएको छ ।

रोल्पा नगरपालिका–१० का दिलबहादुर विगत दुई वर्षदेखि साउदीको जेलमा हुनुहुन्छ । उहाँले चलाएका ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन पुग्दा साउदी नागरिकको मृत्यु भएपछि त्यहाँका अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाइ मृतकका परिवारलाई दुई लाख २५ हजार रियाल (करिब ६५ लाख रुपैया) क्षतिपूर्ति दिन फैसला गरेको छ ।

साउदीस्थित नेपाली दूतावासले गरेको पुनरावेदनमा अदालतले गत चैत २२ गते पुरानै फैसलालाई सदर गरेपछि दिलबहादुरले मृतकका परिवारलाई ६५ लाख तिर्नैपर्ने भएको हो ।  सहयोग हस्तान्तरणपछि मन्त्री पुनले रोजगारीका लागि विदेश पुगेका नेपालीले अनेक दुःख कष्ट भोगिरहेको उल्लेख गर्दै समस्या न्यूनीकरण गर्न सरकारले देशमै रोजगारी सिर्जना गर्ने कार्यक्रम अगाडि बढाइरहेको बताउनुभयो ।

‘रोजगारीका लागि विदेश जानुभएका नेपालीहरुले अनेक दुःख भोगिरहनुभएको छ, दिलबहादुर घर्ती त एउटा उदाहरण मात्रै हो,’ उहाँले भन्नुभयो ‘यो समस्या हल गर्न देशमै रोजगारी सिर्जना गर्नुपर्दछ, यसका लागि सरकारले काम अगाडि बढाइरहेको छ ।’

अखिल (क्रान्तिकारी)का उपाध्यक्ष दिपेश पुनको संयोजकत्वमा गठित मूल समितिले तोकिएको रकम करिब करिब संकलन गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group