ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पढाई प्रभावकारी


एबीसी न्यूज
१८ श्रावण २०७५, शुक्रबार   १ : ५६   बजे

लमजुङ,१८ साउन । लमजुङका सामुदायिक विद्यालय भर्ना अभियान र अंग्रेजी माध्यमको पढाईले प्रभावकारी बनेको छ । सरकारी विद्यालयमा विद्यार्थीहरुको संख्यामा बृद्धि हुनको कारण भर्ना अभियानले संकरात्मक भुमिका खेलेको देखिएको छ ।
अंग्रेजी र नेपाली माध्यममा पढाई भएपछि अभिभावक र विद्यार्थी निकै खुसी भएका छन् । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पढाई निजी विद्यालयको भन्दा गुणस्तरको बनाउन सकिन्छ ।

भर्ना अभियान कार्यक्रम जटिल भएपनि अंग्रेजी माध्यम पढाईले विद्यार्थीहरुमा रुचि बढेका छन् । अहिले जिल्लामा रहेका सामुदायिका विद्यालयहरुमा नेपाली र अंग्रेजी माध्यममा पढाई हुने गरेको छ ।

निजी स्कूलहरुमा जस्तैगरी अंग्रेजी माध्यममा पढाई हुँदै आएपछि सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको संख्या बृद्धि भएको छ । सरकारी विद्यालयको पढाई दिनप्रति खस्कीदो अवस्थालाई मध्यनजर राखी अग्रंजी माध्यमवाट पढाई शुरु गरेको छ ।

लमजुङ अधिकांश सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाई भईसकेको अवस्था रहेको छ । सामुदायिक विद्यालय विद्यार्थी भर्ना अभियानले विद्यार्थी संख्या बृद्धि भएको शिक्षा विकास तथा समन्वय इकाई लमजुङले जनाएको छ ।

अहिले लमजुङ जिल्लामा सामुदायिक विद्यालयको संख्या तीन सय ४८ रहेको छ । जसमा मावि ७९, निमावि ३२ र प्रावि २३७ रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नारायण रेग्मीले बताए ।

उनका अनुसार जिल्लामा १४ हजार ४ सय तीन विद्यार्थी संख्या रहेको छ, जसमा छात्रको संख्या छ हजार सात सय २४ र छात्राको संख्या सात हजार छ सय ७९ रहेको छ । मावि तहमा विद्याथी संख्या दुई हजार दुई सय ३२ रहेको छ, जसमा छात्र एक हजार १७ र छात्रा एक हजार दुई सय १५ रहेको छ ।

निमावि तहमा विद्यार्थी संख्या दुई हजार छ सय ६९ रहेको छ, जसमा छात्र एक हजार दुई सय ४८ र छात्रा एक हजार चार सय २१ रहेको छ । प्रावि तहमा विद्यार्थी संख्या नौ हजार पाँच सय दुई रहेको छ, जसमा छात्र चार हजार चार सय ५९ र छात्रा पाँच हजार ४३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज बढ्यो डलर, कुवेती र बहराइन दिनारको भाउ; युरो र अस्ट्रेलियन डलर भने घटे

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu