ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार दिनसम्म पनि खुलेन पासाङल्हामु राजमार्ग


एबीसी न्यूज
१८ श्रावण २०७५, शुक्रबार   २ : ५७   बजे

नुवाकोट, १८ साउन  । पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१० भेसैनजिकैको तिरतिरेको भिरमा गएको पहिरोका कारण अवरुद्ध सडक चार दिनसम्म पनि सञ्चालन हुन नसक्दा रसुवाका नागरिकलाई असहज भएको छ ।

पहिरोका कारण रसुवा र राजधानी काठमाडौँबीचको सडकयात्रा रोकिँदा यात्रुले सास्ती झेल्नुपरेको हो । पहिरोले सडक अवरुद्ध भएपछि रसुवाबाट भैँसेसम्म बसमा आएर त्रिशूली नदीको झोलुंगे पुल तरेर तुप्चेपट्टी गएर अर्को बस चढेर आवतजावत गर्न बाध्य भएका छन् ।

झोलुंगे पुलबाट वारपार गरेर सवारी साधन परिवर्तन गरी आवातजावत गरे पनि खाद्य सामग्री, तरकारी, दुग्धजन्य पदार्थ रसुवातर्फ निकासी हुन रोकिएको फलफूल व्यापारी गोपी न्यौपानेले बताउनुभयो ।

झण्डै सय मिटर सडक पहिरोले पुरिएको छ भने पहिरोमाथि खेतको पानी आएका कारण पहिरो निरन्तर खसिरहेकाले पहिरो हटाउन समस्या भएको हो । पहिरो माथिबाट आएको पानीलाई बाँध बाँधी अन्यत्र तर्काएर पहिरो पन्छाउने काम गरिए पनि पहिरो खस्नेक्रम नरोकिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले बताउनुभयो ।

वैकल्पिक सडक त्रिशूली–तुप्चे–मनकामना–पैरेबेंसी सडक खण्डको मनकामनामा पहिराका कारण ठूला सवारीसाधन रसुवा आउनजान समस्या भएको प्रहरीले जनाएको छ ।

चार वटा स्काभेटरले पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोका कारण विदुर नपा–१० गैरीखर्कका ५० घर जोखिममा परेकाले बस्ती जोगाउन नगरपालिका र स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको वडाध्यक्ष गणेशकुमार नेपालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu