ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सवारी नभए पनि यातायात कम्पनी


एबीसी न्यूज
१८ श्रावण २०७५, शुक्रबार   ४ : ४३   बजे

काठमाडौं,१८ साउन । यातायात व्यवस्था विभागले सवारीबिना नै सार्वजनिक यातायात फर्म वा कम्पनी खोली करार सम्झौतामा लिएर सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा यस्तो निर्णय गरिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले राससलाई जानकारी दिनुभयो ।

कम्पनीमा पञ्जीकरण गर्न यसअघि कम्तीमा पाँच वटा सवारी हुनैपर्ने व्यवस्थाले समस्या हुने गुनासो आएपछि विभागले यस्तो निर्णय गरेको हो । विभागले निर्णय कार्यान्वयनका लागि आजै १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयलाई परिपत्र गरेको छ ।

कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरेको भए पनि औद्योगिक व्यवसाय ऐनअनुसार उद्योग विभागमा दर्ता गरेका कम्पनीलाई विभाग र यातायात व्यवस्था कार्यालयमा पञ्जीकरण गरिने महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिनुभयो । “उद्योग विभागमा सेवा उद्योगका रुपमा यातायात कम्पनी दर्ता हुन्छ, सेवा उद्योगका रुपमा दर्ता भएका कम्पनी विभागमा पञ्जीकरण हुन्छन्, यसरी दर्ता गर्न अब पाँच वटा सवारी चाहिँदैन, सवारी नै नहुनेले पनि दर्ता गरेर करारमा सवारी लिएर सञ्चालन गर्न सक्छन्”, उहाँले भन्नुभयो ।

यसरी दर्ता भएका कम्पनीले प्रत्येक वर्ष आयव्यय विवरण लेखा परीक्षण गरी बुझाउनुपर्ने व्यवस्था छ । कम्पनीअन्तर्गत कति सवारी र कर्मचारी छन् भन्ने जानकारी पनि वार्षिकरुपमा उद्योग र यातायात विभागलाई गराउनुपर्छ ।

विभागले एक महिनादेखि १४ वटै यातायात व्यवस्था कार्यालयलाई कम्पनीमा दर्ता भएकाको पञ्जीकरण गर्ने जिम्मेवारी दिएको थियो । पुस मसान्तसम्म पुराना सबै सवारी कम्पनीमा दर्ता भई यातायात विभागमा दर्ता भइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज बढ्यो डलर, कुवेती र बहराइन दिनारको भाउ; युरो र अस्ट्रेलियन डलर भने घटे

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu