ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘धर्मधाम’मा पर्यटकीय आकर्षण


एबीसी न्यूज
१९ श्रावण २०७५, शनिबार   ८ : ०३   बजे


चितवन १९ साउन । रत्ननगरस्थित जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’ पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको छ । आकर्षक कलाशैलीमा निर्माण भएकाले धर्मधाममा पर्यटकको आकर्षण बढेको हो । यो जिल्लाकै नमूना मन्दिरको रुपमा परिचित छ ।

मन्दिरमा अन्य जिल्लाका धार्मिक पर्यटकको पनि पनि भिड लाग्ने गरेको धर्मधामका अध्यक्ष श्याम बरालले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक कम्तिमा २०० देखि बढीमा ५०० सम्म धार्मिक पर्यटकहरु मन्दिर घुम्न आउँछन् ।

रत्ननगर नगरपालिका–११ जिरौनामा झण्डै  सात करोडको लागतमा बनेको उक्त धर्मधाम गत फागुन ८ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको थियो । विसं २०२४ मा यहाँ मन्दिर स्थापना भएको थियो । १५ कठ्ठा क्षेत्रफलमा रहेको धर्मधामको पुरानो मन्दिरको स्तरोन्नति गरी सुन्दर र आकर्षक बनाइएको छ ।

“सुनेको थिएँ, आज घुम्न पाउँदा आनन्द लाग्यो, चितवन पर्साका सागर श्रेष्ठले भन्नुभयो, मन्दिर र मूर्तिको नमूनाले मनै लोभ्यायो।” उहाँसँगै आउनुभएकी दिदी सम्झना श्रेष्ठले पनि मन्दिर देख्न पाउँदा हर्षित हुनुभयो । धर्मधामलाई पृष्ठभूमिमा पारेर उहाँहरूले कहिले संयुक्त फोटोमा सेल्फी त कहिले एक अर्काको फोटो खिच्नुभयो ।

नेपालकै तेस्रो पर्यटकीय गन्तव्यस्थल चितवनको सौराहाबाट झण्डै नौ किलोमिटर टाढा पर्छ धर्मधाम । धर्मधामका अध्यक्ष श्याम बरालले दशकौँदेखिको मुठीदानले सपना साकार भएकामा खुशी व्यक्त गर्नुभयो । मन्दिरमा सोमबार र शनिबार भक्तजन र पर्यटकको भीड नै हुन्छ । साउनको सोमबार भने झन् बढी आउने गरेका छन् ।

धर्मधाम मन्दिर अत्याधुनिक नमूनाका साथै सुन्दर पनि छ । वृद्धाश्रम, यज्ञमण्डप, भोजनालय, उद्यानसहितको मनोरम दृष्यका साथै आकर्षक द्वार पनि मन्दिरबाट देख्न सकिन्छ । मन्दिर वरिपरि विभिन्न देवीदेवताका सुन्दर मूर्ति छन् । चितवनमा पाइने दुर्लभ एकसिंगे गैंडाको आकर्षक चित्र पनि यहाँ राखिएको छ ।

मन्दिरभित्र राधा र कृष्णको आकर्षक कलाशैलीका मूर्ति निर्माण गरिएको छ । आधुनिक तर परम्परागत रुपमा कुँदिएका झ्यालढोका, स्वर्णिम रङका भित्ता र कलात्मक टुँडालले धर्मधामको शोभा बढाएको छ । सुनको छानोझैं देखिने गजुरले झन् त्यसमा शोभा थपेको छ । कृष्णले बृन्दावनमा संगीसँग खेलेका दृष्य समेत कुँदिएको छ ।

हालसालै मात्र धर्मधाममा रु सात लाख ७५ हजारको लागतमा सत्संग भवन निर्माण गरिएको छ । यसमा दैनिकजसो सत्संग हुने गरेको श्रीकृष्ण प्रणामी युवा परिषद्का केन्द्रीय सदस्य जगदिशचन्द्र शर्माले बताउनुभयो । मन्दिर देशकै नमूना भएको दावी शर्माको थियो ।

स्थानीय उर्मिला खड्का पनि दैनिकजसो नै मन्दिरमा आएर पुजाआजा गर्नुहुन्छ । “मन्दिरमा आउँदा आनन्द महसुस हुन्छ”, उहाँको प्रतिक्रिया थियो । दैनिक कथावाचन र आरतीले धार्मिक आस्था भएकालाई खुशी तुल्याएको छ । बिहीबारदेखि यहाँ एक महिने वितक कथा (कृष्ण कथा) बाचन समेत शुरु भएको छ ।

रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दवाडीले पर्यटन मन्दिरको रुपमा स्थापित धर्मधामले रत्ननगरको पर्यटन विकासमा सहयोग पुगेको प्रतिक्रिया दिनुभयो । आध्यात्मिक चिन्तनले मानिसलाई सकारात्मक बन्न प्रेरित गर्ने उहाँको भनाइ थियो ।

प्रदेश नं ३ को प्रदेशसभा सदस्य कञ्चन खनालले धर्म र राजनीतिको उद्देश्य समाज विकास र सुधार नै भएकाले यी दुईको फ्यूजन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उक्त धर्मधामको गत फागुन ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group