काठमाडौं, १९ साउन । राजधानीको नयाँ बसपार्क क्षेत्रका देखिएको विकृति, विसंगति हटाउन सवै एकजुट भएका छन् ।
नयाँ बसपार्क क्षेत्रमा हुने लुटपाट, लागुऔषध, तेस्रोलिङ्गी, यौन व्यवसाय, ट्याक्सीको मनोमानी, होटल गाइडलाई हटाउन व्यवसायी र सरोकारवाला निकाय सवै एकजुट भएका हुन् ।
नेपाली होटल व्यवसायी संघ, काठमाडौँ होटल व्यवसायी संघ, बालाजु होटल व्यवसायी संघ र संयुक्त होटल व्यवसायी संघले उक्त विकृति हटाउन सबै क्षेत्र एकजुट हुनुपर्ने बताएका छन् ।
गोँगबु क्षेत्र संवेदनशील क्षेत्र भएको र बिकृतिलाई हटाउनका लागि सबै एकजुट हुनुपर्ने र सभ्य समाज निमार्ण गर्न सवैको साथको आवश्यक रहेको महानगरीय प्रहरी प्रभाग गोगबुका प्रहरी प्रमुख मोहन बिक्रम के.सी बताए ।
गोगबु प्रहरी प्रमुख केसीले यस क्षेत्रमा देखिएका विसंगति र विकृतिलाई अन्त्य गर्ने पटक पटक विभिन्न अप्रेशन तथा जनचेतनामूलक क्रियाकलाप गरेका छन् ।
यसै क्रममा शुक्रवार गोगंबु बसपार्कस्थित होटल तथा रेष्टुरेन्टहरुबाट शंकास्पद २० जना महिला र ३२ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी निरिक्षक के.सी. को कमाण्डमा खटिएको टोलीले नयाँबसपार्कबाट खटिएको एक टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
होटल तथा रेष्टुरेन्टहरुमा चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा उनीहरुलाई सोधपुछको लागि पक्राउ गरिएको प्रमुख केसीले जानकारी दिए ।
केसीका अनुसार उनीहरुलाई प्रहरी कार्यालयमा ल्याई आवश्यक सोधपुछ गरी सम्झाईबुझाई आफन्तको जिम्मा लगाइएको होटल संचालकहरुलाई पक्राउ गरि थप अनुसन्धान जारी रहेको केसीले जनकारी दिए ।
प्रतिक्रिया दिनुहोस्