ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५ बर्षीया बालिकामाथि बलात्कारको प्रयास


एबीसी न्यूज
२० श्रावण २०७५, आइतबार   ११ : २६   बजे

कञ्चनपुर,२० साउन । ५ बर्षीया बालिकामाथि बलात्कारको प्रयास भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका–१० तीनतारामा सो घटना भएको हो ।

घरमा एक्लै भएको बेलामा बाजे नाता पर्ने बर्ष ३९ का लक्षिराम कोलीले ५ बर्षीया बालिकालाई बलात्कारको प्रयास गरेका छन् ।

भिनपा–१० तीनतारामा घरमा कुरुवा बसेका बाजेले अवोध बालिकालाई बलात्कारको दुष्प्रयास गरेका हुन ।

बिहान साढे ९ बजे समयमा बालिका(नाम नखुलाइएको) घरमा एक्लै छोडेर बाबु, बाजे, बज्यै आ–आफ्नो कामका निस्किसके पछि बालिकाको बाजे९टाढाको नाता पर्ने० लक्षीराम कोली घरमा खाना पकाएर खुवाउन र हेरचाह गर्न बसेका थियो ।
बालिकाका बुवा स्थानीय ईटा भट्टीमा मजदुरी गर्न गएका थिए भने, बाजे बज्यै घाँस काट्न भन्दै जंगलतिर गएका थिए ।

कोलीले बालिकालाई एक्लै भेटेको मौकामा जबरजस्तीकरणी गर्न खोजेका थिए । बालिका चिच्याएर भागेर अवोध बालिका भागेर छिमेकी घरमा पुगेर पुगेकी थिईन् । रुँदै आएकी बालिकालाई छिमेकी महिलाले के भएको हो भनि सोध्दा उनी रुन थालिन् । हेर्दा बालिका निकै आत्तिएकी देखिन्थिन् ।

महिलाले बालिकामाथि जबरजस्तीकरणी भएको भन्दै उनका आफन्तलाई जानकारी गराउने निधो गरेकी थिईन् ।

नभन्दै बालिकाले भनिन बाजेले मलाई नग्न बनाएर ‘नराम्रो’ गर्न खोजे । छिमेकी महिलाले मजदुुरी गर्न गएका बालिकाका बुवालाई खबर गरेपछि घटनाको वास्तविक बाहिर आयो । उनीमाथि बलात्कारको प्रयास भएको रहेछ ।

एक महिनादेखि बालिकाको घरमा बस्दै आएका ती बाजे घटना भइसकेपछि भागिसकेका थिए । स्थानीयको पहलमा पीडित बालिकाका बुवाले प्रहरीलाई खबर गर्दा करिब ४ घण्टापछि ती बाजे भन्ने लक्षीराम कोली पक्राउ परेका थिए । अहिले तिनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरीको हिरासतमा राखिएको छ ।

पीडितका बुवाले कोलीलाई कडा कारबाहीको माग गरेका छन् । पीडित बालिकाकी आमाको मृत्यु भइसकेको छ । यसका लागी सरकारले बलात्कारीलाई कडा कारवाई गर्नु जरुरी देखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu