ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनप्रतिनिधि आएसँगै नारायणगढ बजार व्यवस्थित बन्दै


एबीसी न्यूज
२० श्रावण २०७५, आइतबार   १२ : ५४   बजे

चितवन, २० साउन । स्थानीय निकायमा निर्वाचित भएर जनप्रतिनिधि आएसँगै नारायणगढ बजार व्यवस्थित बन्दै गएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने नारायणगढ बजार सडक छेउका पैदलमार्ग, अस्तव्यस्त पार्किङ, तीनपाङ्ग्रे सवारी र पसल अगाडि राखिने सामग्रीको व्यवस्थापन गरेसँगै बजार व्यवस्थित बन्दै गएको हो ।

भरतपुर महानगरपालिकाले सडक छेउमा पार्किङ निषेध गरेर बजारका तीन ठाउँमा सवारी पार्किङस्थल निर्माण गरेको छ । पैदलमार्गमा रहेकालाई नजिकै बालकुमारी स्कुलसँगै ठाउँ दिएर बजार व्यवस्थापन गरिएको छ ।

भरतपुरका मुख्य राजमार्गमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएसँगै बजार व्यवस्थित बन्दै गएको हो । पैदलमार्ग ढाक्ने गरी सामान राख्न निषेध गरिएको छ । यससँगै ट्राफिक व्यवस्थापन गर्न आकर्षक किसिमका ट्राफिक पोष्ट निर्माण गरिएका छन् । बजार क्षेत्रमा रातिमा बत्ती बल्ने व्यवस्था गरिएको छ ।

महानगरपालिकाका प्रमुख रेनु दाहालले आफू प्रमुख भएपछि बजार व्यवस्थित गर्न गरिएका पहल सफल हुँदै गएको बताउनुभयो । महानगरमा जनप्रतिनिधि आएको एकवर्ष भएको छ । यस अवधिमा सरोकारवालासँगको समन्वयले बजार व्यवस्थित भएको दाहालको भनाइ छ ।

आउँदा दिनमा शहर क्षेत्रलाई कसरी सुन्दर बनाउने भन्ने विषयमा छलफल थालिने उपप्रमुख पार्वती शाहले बताउनुभयो । महानगरपालिकाले नारायणगढ बजारमा अहिले पार्किङ गरिएका मोटरसाइकललाई छुट्टै पार्किङको व्यवस्थाको तयारी गर्दैछ । त्यसबाट शहर थप व्यवस्थित हुने विश्वास लिइएको छ ।

महानगरपालिकाको लायन्स चोकको फलफूल तरकारी बजारलाई भरतपुरकै क्षेत्रपुरमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ । जसबाट बजारलाई व्यवस्थित गर्न थप मद्दत पुग्नेछ । महानगरपालिकाले बजार क्षेत्रमा तीनपाङ्ग्रे सञ्चालनमा रोक लगाएसँगै ठूलो संख्यामा चारपाङ्ग्रे भित्रिन नदिन सरोकारवाला संस्थामा पत्राचार गरेको छ । जसबाट बजार अस्तव्यस्त हुन रोकिने विश्वास लिइएको छ ।

महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार महानगरीय वृहत् यातायात गुरुयोजना तयार गरिँदै छ । सो पश्चात् के कति सवारी आवश्यक पर्छ सोही अनुरुप इजाजत दिन सम्बन्धित निकायलाई पत्राचार गरिने बताउनुभयो ।

लामो र छोटो दुरीका सवारीलाई बजार क्षेत्रमा मानिस चढाउने र झार्ने निश्चित ठाउँ तोकिएको छ । ती सवारीसाधन नारायणगढको पोखरा बसपार्क र भरतपुरको केन्द्रीय बस टर्मिनल बाहेक अन्यत्र पार्किङ गर्न निषेध गरिएको छ ।

महानगरले बैंक, वित्तीय संस्था, ठूला कम्प्लेक्सलाई पत्राचार गरेर आ–आफ्नो पार्किङको व्यवस्थापन गर्न आग्रह गरेको छ । वडामा व्यवस्थित हाटबजार निर्माण भइरहेका छन् । जसले गर्दा नारायणगढ बजारमा मानिसको चाप कम हुँदैगएको छ ।

महानगरपालिकाका प्रमुख दाहालले शहरलाई सफा, सुन्दर र सुरक्षित बनाउने अभियान सफल हुँदै गएको बताउनुभयो । पार्किङ व्यवस्थापनसँगै ढल व्यवस्थित गर्ने, सडक फराकिलो पार्ने, रातको समयमा सबै ठाउँमा सडक बत्तीको व्यवस्था गर्ने र रुख विरुवा लगाएर हरियाली बनाउने उहाँले बताउनुभयो ।

नेपालका शहरमा सबैभन्दा सुन्दर शहर नारायणगढ बजारलाई बनाउने महानगरपालिकाको लक्ष्य छ । बजार हुँदै यात्रा गर्ने मानिसलाई पनि सुन्दर शहर प्रवेश गरेँ भन्ने अनुभूति दिलाउने गरी काम गरिने महानगरपालिकाका प्रमुख दाहालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu