ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धम्बोझीमा जलोद्यान(वाटरपार्क) निर्माण शुरु


एबीसी न्यूज
२० श्रावण २०७५, आइतबार   १ : २२   बजे

नेपालगन्ज, २० साउन । नेपालगन्ज उपमहानगरपालिका–१ धम्बोझीमा जलोद्यान(वाटरपार्क) निर्माणको काम शुरु भएको छ ।

रु ७० करोडको लागतमा जलोद्यान निर्माण थालिएको हो । निर्माण चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको नेपालगन्ज नगरविकास समितिका अध्यक्ष गोपाल पुनले बताउनुभयो । जलोद्यानको कूल क्षेत्रफल ६५ बिघा रहेकामा १० बिघामा तालले ओगटेको छ ।

“ताल क्षेत्रलाई नौका बिहार र पौडी पोखरीका रुपमा विस्तार गरिने छ,” पुनले भन्नुभयो, “उद्यानमा आकर्षक र मनमोहक पूmलबारी, बाल उद्यानलगायत संरचना निर्माण गरिनेछ ।”

जलोद्यान निर्माणबाट नेपालगञ्जको विकासमा टेवा पुग्ने नेपालगञ्ज उपमहानगरपालिका–१ का वडाध्यक्ष प्रमोद रिजाल बताउनुहुन्छ । “ जलोद्यानले धम्बोझी टोलको स्वरुप फेरिन्छ, व्यापारिक गतिविधि बढ्नुका साथै यहाँका बासिन्दाको जीवनस्तर नै फेरिन्छ,” उहाँले भन्नुभयो ।

समितिले जलोद्यान क्षेत्रभित्र ६ देखि १८ मिटरसम्मको पक्की सडक निर्माण गर्नेछ । नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलरिया सडकलाई उक्त उद्यानसँग जोडिने छ । जलोद्यान निर्माणको योजना दश वर्षअघि तयार गरिएको हो । जग्गा अधिग्रहणको विवादपछि निर्माण अगाडि बढ्न सकेको थिएन । अहिले पर्खाल, पैदलमार्ग र हरितक्षेत्र निर्माण भइरहेको छ । आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न, विकासको आधार बलियो बनाउन र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पु¥याउन जलोद्यान निर्माण जरुरी भएको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज बढ्यो डलर, कुवेती र बहराइन दिनारको भाउ; युरो र अस्ट्रेलियन डलर भने घटे

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu