ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बढयो पेट्रोलमा कालोबजारी


एबीसी न्यूज
२० श्रावण २०७५, आइतबार   २ : ३५   बजे

बैतडी, २० साउन ।  जिल्लामा पेट्रोलमा कालोबजारी बढेको छ । जिल्लाको सतबाँझस्थित एक मात्र ‘भण्डारी आयल स्टोरले दुई वर्षदेखि पेट्रोल ढुवानी नगरेका कारण कलोबजारी बढेको हो । उपभोक्ता पेट्रोलको चर्को मूल्य तिर्न बाध्य छन् ।

प्रतिलिटर रु १०४ पर्ने पेट्रोल जिल्लाका उपभोक्ताले रु १३५ देखि रु १५० सम्ममा खरिद गर्दैआएका छन् । “चर्को मूल्य तिरेर पेट्रोल किन्न बाध्य छौँ,” जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले भन्नुभयो । सीमावर्ती भारतीय बजार झुलाघाट तथा छिमेकी जिल्ला डडेल्धुराबाट पेट्रोल खरिद गर्नुपरिरहेको उहाँले बताउनुभयो । अभाव हुँदा उपभोक्ता महँगो र मिसावट गरिएको पेट्रोल किन्न बाध्य छन् ।

दुई वर्षयता उपभोक्ताले चर्को मूल्यमा पेट्रोल किन्नु परिरहेको दशरथचन्द नगरपालिका–१ का अमरबहादुर टेर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सधैँ महँगोमा पेट्रोल किन्न बाध्य छौँ, सम्बन्धित निकाय मौन छ ।” सतबाँझ तथा गोठलापानी बजारका विभिन्न पसलबाट पेट्रोलको कालोबजारी भइरहेको छ ।

घाटा भएपछि पेट्रोल ढुवानी गर्न बन्द गरेको भण्डारी आयल स्टोरका सञ्चालक लालबहादुर भण्डारीले बताउनुभयो ।

पेट्रोलमा भइरहेको कालोबजारीका बारेमा सम्बन्धित पक्षसँग छलफल गरिने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रकाश गैरेले बताउनुभयो ।

यसैबीच पेट्रोलमा भइरहेको कालोबजारीविरुद्ध आज सतबाँझदेखि गोठलापानीसम्म मोटरसाइकल ¥याली निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज बढ्यो डलर, कुवेती र बहराइन दिनारको भाउ; युरो र अस्ट्रेलियन डलर भने घटे

त्रिभुवन विमानस्थलबाट ७२ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद, चिनियाँ नागरिक पक्राउ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu