ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोट पहिरो पीडितका लागि आवश्यक व्यवस्था मिलाइँदैछः मन्त्री बस्नेत


एबीसी न्यूज
२० श्रावण २०७५, आइतबार   ५ : ०४   बजे


काठमाडौं, २० साउन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले गृह जिल्ला जाजरकोटको भेरी नगरपालिका –३ ठाँटीबजारमा अबिरल वर्षासँगै गएको पहिरोमा परी दुईवटा घर पूर्ण रुपमा क्षतिग्रस्त हुँदा एकै घरका ४ सहित ८ जनाको मृत्यु भएको घटनाको दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले मृतकका परिवार एवं आफन्तजनमा समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभयो ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतले घटनाबाट आफू स्तब्ध र मर्माहत भएको र सरकारका तर्फबाट गर्नुपर्ने उद्दार, राहत, पुनःस्थापना र घाइतेको उपचारका निम्ति आवश्यक पहल र व्यवस्था भइरहेको जानकारी दिनुभएको हो ।

विज्ञप्तिमा उद्दार तथा राहत कार्यमा संलग्न स्थानीय प्रशासन, सुरक्षा निकाय, रेडक्रमकर्मी र स्वयंसेवकहरुप्रति उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

आइतबार बिहान खसेको पहिरोले दुई घर पुरिँदा भेरी नगरपालिका वडा नम्बर–६ घर भई ठाँटीबजारमा डेरा गरी बस्ने शितली लोहार उहाँका छोरीहरु १० वर्षीया रञ्जना, ७ वर्षीया मनिषा र ३ वर्षकी भगवती सोही ठाउँकी ८ वर्षीया नज्मा बोहरा, १३ वर्षीया नरेन्द्र परियार र ११ वर्षका नवीन परियार तथा कुसे गाउँपालिका–५ का ८ वर्षीय दशरथ परियारको निधन भएको थियो । यस्तै पहरोमा परी लालबहादुर लोहार र तीर्थराज बोहरा घाइते हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, सबैभन्दा धेरै भारतीय नागरिक

सेनाद्वारा ३३६ जनाको हवाई उद्धार, ६ देशका ४५ जना विदेशी नागरिक

सम्बन्धित

बाढीपछिको उद्धार र राहतबारे परराष्ट्रमन्त्री खनाल र बंगलादेशी समकक्षीबीच वार्ता

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन हुने

बाढी प्रभावित क्षेत्रमा डेढ हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालन

रसुवा बाढीको वास्तविक कारण अझै अनुसन्धानमै, ‘हिम–चट्टान पहिरो’ प्रमुख सम्भावना

राति वर्षाको सम्भावना बढी, उद्धारमा खटिएकालाई सतर्क रहन मौसमविद्को आग्रह

रसुवा बाढीका नाममा जथाभावी चन्दा नउठाउन सरकारको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu