ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानी खोजतलासका लागि १३९ कम्पनीलाई प्रमाणपत्र प्रदान


एबीसी न्यूज
२२ श्रावण २०७५, मंगलबार   ११ : १२   बजे

काठमाडौँ, २२ साउन । खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०७४/७५ मा एक अर्ब १३ करोड ९३ लाख राजश्व संकलन गरेको छ ।

विभागले खानीका लागि इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक खनिज उत्खनन् तथा नक्सा बिक्रीबापत उक्त राजश्व संकलन गरेको हो । विभागका प्रवक्ता कृष्णदेव झाका अनुसार विभागले आव २०७४/७५ मा ५६५ कम्पनी तथा संस्थालाई खनिज खोजतलास तथा उत्खनन्का लागि अनुमति र नवीकरण गरेको हो ।

विभागले खानी खोजतलासका लागि १३९ कम्पनीलाई प्रमाणपत्र, २२६ कम्पनीलाई खानी खोजतलास प्रमाणपत्र, १४ कम्पनीलाई खानी उत्खनन् प्रमाणपत्र तथा ९३ कम्पनीलाई खानी उत्खनन् प्रमाणपत्र नवीकरण प्रदान गरेको छ । विभागले खानी अनुमति, खनिज प्रशोधन, अनुगमन तथा विवाद समाधान, पेट्रोलियम आर्थिक अध्ययन तथा प्रवद्र्धन, धातु खनिज अन्वेषण, अधातु खानिज अन्वेषण, खानीको ड्रिलिङ, इन्जिनियरिङ भौगर्भीक अध्ययन, भूकम्प मापनलगायत काम गर्दै आएको छ ।

नामटार चुनढुंगा मकवानपुरको विस्तृत अध्ययन, फलामखानी मकवानपुरको अन्वेषण कार्य, धादिङमा चुनढुंगा ड्रिलङ कार्य, ५० वटा सञ्चालित खानीको अनुगमन र खनिजमा आधारित १५ उद्योगको प्रवद्र्धन कार्य सम्पन्न भइसकेको प्रवक्ता झाले बताउनुभयो । प्राकृतिक ग्याँस अन्वेषण गर्न बोलपत्र स्वीकृतिको आशयको सूचना प्रकाशन, धौवादी फलामखानीको मापन सम्पन्न तथा महादेवस्थान चुनढुंगा च्यानल नमूना छनोट भइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साउनदेखि लागु हुने तलबमान सार्वजनिक, कसको कति ?

ग्वार्कोको फ्लाइओभरमा बस ठोक्कियो : महिलाको मृत्यु, १८ जना घाइते

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu