ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवलका अधिकांश एक्सरे सेवा मापदण्डविपरीत सञ्चालन


एबीसी न्यूज
२२ श्रावण २०७५, मंगलबार   ११ : २५   बजे

बुटवल, २२ साउन । बुटवलका अधिकांश एक्सरे सेवा मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले बुटवलमा गरेको अनुगमनका क्रममा विभिन्न अस्पताल, निजी क्लिनिक, पोलिक्लिनिकलगायतमा एक्सरे सेवा उपलब्ध गराउँदैआएको जनशक्तिले अनुभवका आधारमा मात्र काम गरिरहेको जनाएको छ ।

“मैले पाँच वर्षको अनुभवका आधारमा मात्र काम गरिरहेको छु,” बुटवलस्थित सन्तोष मेडिकलको एक्सरे सेवामा कार्यरत मीनबहादुर जिसीले भन्नुभयो । उहाँले एक्सरे गर्न जानेको व्यक्तिसँग सिकेका आधारमा सो काम गरेको बताउनुभयो ।

बुटवलस्थित मंगलम पोलिक्लिनिकको एक्सरे सेवामा कार्यरत हार्दिककुमार श्रेष्ठले सिएमए पास गर्नुभएको छ । उहाँले एक्सरे सेवामा नियमित काम गर्दै आउनुभएको छ । सो पोलिक्लिनिक बिनादर्ता अवैधरूपमा सञ्चालनमा छ । सो पोलिक्लिनिकका कार्यकारी निर्देशक मनोज पन्तले दर्ता प्रक्रियामा रहेको बताउनुभयो । परिषद्ले अनुगमन गरेका केही ठाउँबाहेक अधिकांश एक्सरे सेवा बन्द गरिएको छ ।

बुटवलको मेडिटेक इन्टरनेशनल अस्पताल प्रालि र बुटवल हस्पिटल प्रालिमा पनि दक्ष जनशक्ति छैन । दक्ष जनशक्ति नहँुदा अनुभवका आधारमा एक्सरे सेवा प्रदान गरिँदै आएको छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्का निरीक्षणविज्ञ एवं नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झाले परिषद्मा दर्ता नभइ एक्सरे सेवा सञ्चालन गर्न नपाउने बताउनुभयो । उहाँले बुटवलको एक्सरे सेवाको गुणस्तरीय नभएको बताउनुभयो । बिरामीको स्वास्थ्यमा खेलवाड गरिएको उल्लेख गर्दै उहाँले बुटवलमा रेडियोग्राफरको संख्या पनि न्यून रहेको बताउनुभयो ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का निरीक्षणविज्ञ नारायण शर्माले बुटवलका एक्सरे सेवा कक्ष मापदण्डअनुसार सञ्चालन नभएको बताउनुभयो । एक्सरे सेवा दिँदै आएका सञ्चालकले एक्सरे कक्षको क्षेत्रफल बढाउने, एक्सरे सेवामा रेडियोग्राफर राख्ने र एक्सरे सेवा दिँदा विकीरण (रेडिएसन)बाट बच्न सतर्कता अपनाउने आश्वासन दिएका छन् । परिषद्ले बुटवलको लुम्बिनी नर्सिङहोम, तिलोत्तमा अस्पताल, पुष्पा फार्म, लुम्विनी एक्सरे सेवा र आस्था एक्सरे सेवाको पनि अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साउनदेखि लागु हुने तलबमान सार्वजनिक, कसको कति ?

ग्वार्कोको फ्लाइओभरमा बस ठोक्कियो : महिलाको मृत्यु, १८ जना घाइते

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu