ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुनःनिर्माणका लागि जिल्लामा ५३८ लाभग्राही थप


एबीसी न्यूज
२३ श्रावण २०७५, बुधबार   ४ : २८   बजे

ललितपुर, २३ साउन । भूकम्पपछिको पुनःनिर्माणका लागि जिल्लामा ५३८ लाभग्राही थप भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दोस्रो सम्झौता गर्ने मिति सकिँदै गर्दा नयाँ लाभग्राही थप गरेको हो । कतिपय लाभग्राही प्रबलीकरणबाट पुनःनिर्माणमा आएका र कतिपय नयाँ लाभग्राही पहिचान भएका छन् ।

प्राधिकरण सूचना प्रणाली व्यवस्थापनविज्ञ राकेश महर्जन भन्नुहुन्छ, “पहिले लाभग्राहीको सूचीमा नपरेका लाभग्राही गुनासो भरेर अहिले पर्नुभएको हो ।” थप भएका लाभग्राहीको अनुदान सम्झौता र पहिलो किस्ता लिने प्रक्रिया अघि बढेको छ ।

पाँच लाभग्राही प्रबलीकरणबाट पुनःनिर्माणमा आएका छन् । यसअघि ६६७ जना प्रबलीकरणका लाभग्राही थिए । उनीहरुमध्ये धेरै पुनःनिर्माणको लाभग्राही सूचीमा पर्न लागिपरेका छन् ।

विसं २०७२ मा भूकम्पलगत्तै सरकारले क र ख वर्गमा गरेर पुनःनिर्माण र सबलीकरणका लाभग्राही पहिचान गरेको थियो । उहाँले भन्नुभयो, “त्यसयता पनि गुनासोबाट लाभग्राही थप भइरहेका छन् ।”

भूकम्प गएको तीन वर्ष नाघिसक्दा समेत जिल्लामा निजी आवास निर्माण निकै सुस्त गतिमा अघि बढेको छ । अहिलेसम्म जम्मा १४ प्रतिशत लाभग्राहीले मात्रै तेस्रो किस्ता बुझेका छन् ।

दोस्रो किस्ता बुझ्ने लाभग्राही २८ प्रतिशत र पहिलो किस्ता लिने लाभग्राही ९८ प्रतिशत छन् । उहाँ भन्नुहुन्छ, “कतिसँग नयाँ सम्झौता हुँदै भएकाले जिल्लामा निजी आवास सम्पन्न गर्न समय लाग्नेछ ।” प्राधिकरणले दोस्रो सम्झौताका लागि असार मसान्त र तेस्रो सम्झौता गर्न आगामी पुस मसान्तसम्मको अवधि तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu