ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिरोका कारण एक बालकको मृत्यु, १८ घर जोखिममा


bhawani desk
२४ श्रावण २०७५, बिहिबार   १० : ५२   बजे


बनेपा, २४ साउन । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० चिनसौरामा माथिबाट खसेको पहिरोका कारण त्यहाँका १८ घरधुरी जोखिममा परेका र एक बालकको मृत्यु भएको छ ।

मंगलबार राति परेको अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा डेढ वर्षको बालक दीपक तामाङको मुत्यु हुनुका साथै अन्य दुई घाइते भएका थिए । पाँच जनाको परिवार बस्दै आएको हेमबहादुर तामाङका कान्छो छोराको सुतिरहेको अवस्थामा पहिरोले पुरिएर मृत्यु भएको हो ।

दुई महिना अगाडिदेखि त्यहाँ बस्दै आउनुभएका उहाँले राति आएको पानीका कारण माथिबाट पहिरो आएर बस्ने टहरो पुरिएको बताउनुभयो ।

“समय हेर्नै पाइएन, माथिबाट आएको पहिरोले छोपिहाल्यो, आमा र अरू बच्चा निकाल्न सकिए पनि एउटा बच्चा निकाल्न नसकेर ज्यानै गयो,” बिलौना गर्दै तामाङले भन्नुभयो ।

अर्का स्थानीय बासिन्दा ज्ञानीमाया तामाङले बसिरहेको बेलामा एक्कासि आएको पहिरोले भूकम्पपछि बनाएको घर पनि भत्कायो भन्नुभयो । दोस्रो किस्ता लिएर निर्माणकार्य सम्पन्न हुनै लागेको घर पहिरोले भत्काएपछि फेरि पहिलादेखि बस्दै आएको टहरामा नै जीवन गुजार्नुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो ।

सोही ठाउँका काले तामाङले पहिरोले घर पुरेपछि अब कता जाने र बस्तुभाउलाई कसरी जोगाउने भन्ने चिन्ता सताएको गुनासो गर्नुभयो । “सुरक्षित ठाउँमा जानु त भनेको छ, तर कहाँ गएर बस्ने र कसरी बस्ने भन्ने अन्योलमा छौँ,” तामाङले भन्नुभयो, “फेरी बाढी आयो भने मान्छे त यताउति जान्छाँै तर बस्तुभाउलाई कता लाने हो बाटो नै छैन ।”

इन्द्रावती नदीको माथि निकै भिरालोमा रहेको उक्त बस्ती निकै जोखिम अवस्थामा रहेको स्थानीय बासिन्दाको भनाइ छ । विकट र भिरालो भू–बनोटका कारण एक घरबाट अर्को घरसम्म पुग्नको लागि धेरै समय लाग्ने भएकाले रातिको समयमा निस्कन समस्या भएको उनीहरूले बताए ।

घटना भएसंगै उद्धारका लागि पुगेको हिगुवापाटी प्रहरी चौकीका हवलदार कृष्ण अधिकारीले बस्ती निकै जोखिममा भएका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिनुभयो । “ त्यहाँ पुग्दा हामीलाई कसले कसरी सहयोग गर्ने हो तपाईंहरूले पहल गरिदिनुप¥यो भनिरहेका छन्,” उहाँले भन्नुभयो, “माथिबाट भीर र तलबाट नदी बगिरहेका कारण पनि बस्ती भएको सबै ठाउँमा पुगेर स्थलगत अध्ययन गर्न नसक्ने अवस्था छ ।

” त्यहाँ जोखिममा रहेका घरपरिवारमध्ये तत्कालका लागि सात घर बस्ती तलको हल्देटारमा सार्ने र बाँकीलाई माथि रहेको कालिका प्राविमा राख्ने भन्ने विषयमा नगर प्रमुख टोकबहादुर वाइवा र प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतसँग कुरा भइरहेको अधिकारीले बताउनुभयो ।

“एउटै बस्तीको १९ घरपरिवार जोखिममा रहेकाले अहिले उनीहरू त्यहाँ बस्न सक्ने अवस्था छैन, राज्यले दिएको सेवा सुविधा लिएर बल्लबल्ल ऋण गरेर बनाएको घर भत्किसकेको र कतिपयको घर बस्न नमिल्ने भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सोचिरहेका छौँ ।’

’ सोही वडाका वडाध्यक्ष विष्णुमणि नेपालले भन्नुभयोे, “विकल्प नभएर त्यस्तै जोखिममा बसिरहेका कतिपय स्थानका पीडितलाई नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको समन्वयमा खाद्यान्न र ओढ्ने वस्तुको ब्यवस्था गरिएको छ ।” पानी अझै आउने सम्भावना भएकाले त्यहाँबाट मान्छे र गाइवस्तुलाई सार्ने विषयमा सोचिरहेको र सबैलाई सुक्षित ठाउँमा जानुपर्छ भनेर अनुरोध गरेको नेपालले बताउनुभयो ।

मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले आज नगरको बैठक बस्ने र नगरस्तरीय विपत् व्यवस्थापन समितिको बैठक बसेर पहिलो चरणमा सम्भावित स्थलकोअध्ययन गर्ने र नगरले गर्न नसक्ने अवस्था देखिए माथिल्लो निकायमा कुरा राख्ने तयारी भइरहेको बताउनुभयो ।

रेडक्रसको सहयोगमा आजै सो बस्तीका जोखिमयुक्त तथा घरै बगाएका चार घरपरिवारलाई एक हप्तालाई पुग्ने खाद्यान्न खाना पकाउने भाडाकँुडा वितरण गर्नुका साथै सामान्य क्षति भएका २८ घरधुरीलाई पनि राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाका सभापति रघुवर चौप्रधानले बताउनुभयो ।

यसैगरी मंगलबार राति नै परेको अविरल वर्षाका कारण भुम्लु गाउँपालिका–१ ढुंगानाटोलका जानुका ढुंगाना र देवीप्रसाद ढुंगानाको घर पुरिँदा करीब रु नाँै लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै पहिरोका कारण गैरीगाउँका १६ घरधुरी जोखिममा रहेको र उनीहरूलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group