ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्याप्त आम्दानी लिन किसानलाई मलको अभाव छ


bhawani desk
२५ श्रावण २०७५, शुक्रबार   ११ : ३२   बजे

ललितपुर, २५ साउन । मलखाद र सिँचाइको असुविधाका साथै समयमै रोग निवारणको पहल नगर्दा किसानले पर्याप्त उत्पादन लिन सकेका छैनन् ।

नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)ले सिफारिश गरेका बीउबाट किसानले पर्याप्त आम्दानी लिन नसकेको जनाएको छ । नार्कमा कार्यरत वरिष्ठ वैज्ञानिक मनोज ठाकुरले बीउ उपलब्ध गराए पनि बालीका लागि चाहिने प्रविधि र ज्ञान दिन नसकेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पर्याप्त आम्दानी लिन किसानलाई ज्ञानको अभाव छ ।”

किसानले मल र सिँचाइ समयमै पाए उत्पादन दोब्बर लिन सक्ने उहाँको भनाइ छ । अहिले राष्ट्रिय उत्पादन २.४ मेट्रिक टन भएकामा त्यसलाई दोब्बर गर्न किसानलाई आवश्यक कुरा उपलब्ध गराउनु पर्छ । उहाँले भन्नुभयो, “सम्बन्धित सबैले किसानका लागि आवश्यक कुरा उपलब्ध गराउन ध्यान दिनुपर्छ ।”

किसानले वर्षेनी मलको समस्या भोग्दै आएका छन् । कतिपय किसानले युरिया मल पाइने आशामा समयमै बाली लगाउँछन् । उहाँ भन्नुहुन्छ, “किसानले मल हाल्न नपाएका धेरै घटना छन् ।”

नार्कले धान, मकै, गहुँ लगायतका बालीका उन्नत जातको विकास गर्दै आएको छ । कतिपय स्थानीय जातलाई समिश्रण गराएर तथा कतिपय बीउ अन्य मुलुकबाट ल्याएर नार्कमा उत्पादन र रोग प्रतिरोधी क्षमता परीक्षण गरी किसानका लागि सिफारिश गर्ने गरिएको छ ।

नार्कले पहिले आफ्नो खेतबारीमा बीउ रोपेर परीक्षण गर्छ । त्यसमा राम्रा गुण पाए मात्र सिफारिशको प्रक्रिया अघि बढाउँछ । “किसानको खेतमा दुई यामसम्म बीउ लगाएर मात्र किसानका लागि सिफारिश गरिन्छ,” ठाकुरले भन्नुभयो । नार्कले गत वर्ष दुई किसिमका धानको बीउ सिफारिश गरेको थियो ।

बालीमा लाग्ने रोगको उपचार समयमै नपाएको वरिष्ठ वैज्ञानिक ठाकुर बताउनुहुन्छ । किसानले जिल्ला कृषि विकास कार्यालय तथा स्थानीय निकायमा समस्या राख्ने गरेका छन् । उहाँ भन्नुहुन्छ, “रोग लाग्दा किसान कहाँ जाने भन्ने अन्यौलमा छन् ।” एग्रोभेटले रोगको पहिचान नै नभई विषादी दिने गरेका छन् ।

नार्कअन्तर्गतको बाली विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली यहाँको खेतमा छ टनसम्म फल्ने बीउ किसानका खेतमा पुग्दा तीन टन हाराहारीमा मात्रै उत्पादन दिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मल, सिँचाइ र प्रविधि उपलब्ध भए उत्पादन पनि बढ्छ ।” देशभर ८५ प्रतिशत धान, ९७ प्रतिशत गहुँ र ८५ प्रतिशत मकैको बीउ नार्कले विकास गरेको उन्नत बीउ किसानले प्रयोग गर्दै आएको नार्कको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group