ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मालदिभ्सले दियो भारतलाई कडा झट्का


एबीसी न्यूज
२६ श्रावण २०७५, शनिबार   ८ : १६   बजे

काठमाडौं, २६ साउन । मालदिभ्सले भारतलाई आफ्नौ सैन्य हेलिकप्टर र सेनालाई उसको भूमिबाट फिर्ता लैजान भनेको छ ।

भारतका लागि मालदिभ्सका राजदूत अहमद मोहम्मदले भारत र मालदिभ्सका बीचमा भएको सम्झौता जुनमा सकिएकाले भारतले मालदिभ्सबाट सेना फिर्ता गर्नुपर्ने बताएका छन् ।

मालदिभ्सको यो निर्णयले चीन समर्थक मालदिभ्सका राष्ट्रपति अब्दुल्ला यामिनको तर्फबाट भारतका लागि कडा झट्का मानिएको छ ।
केही समयदेखि भारत–मालदिभ्सबीचको सम्बन्धमा दरार आएको छ । भारतले केही दशकदेखि नै मालदिभ्सको समुद्री तटमा आफ्नो सेना राख्दै आएको छ । मालदिभ्सको विकास निमार्णमा सन् २०११ देखि चीनले बलियो उपस्थिति जनाएसँगै भारतको भूमिका कमजोर हुँदै गएका छन् । सन् २०११ मा चीनले माले मा राजदूतावास खोलेपछि उसले लगातार सडक, पुल तथा एयरपोर्टजस्ता ठूला आयोजनामा सहयोग गरिरहेको छ ।
भारतका लागि मालदिभ्सका राजदूत अहमद मोहम्मदले भारतका दुई सैन्य हेलिकप्टर समुद्रमा फसिरहेका मानिसको उद्धारका लागि प्रयोग गरिँदै आएको बताए । भारतले दिएको हेलिकप्टरले निकै राहत पुगेको बताउँदै राजदूत मोहम्मदले अब आफैसँग त्यो क्षमता भएको बताएका छन् । त्यसैले आफूहरुलाई भारतीय हेलिकप्टरको आवश्यकता नपर्ने पनि मोहम्मदले स्पष्ट पारेका छन् ।

मालदिभ्समा अहिले पनि ५० भारतीय सेना रहेका छन् । त्यसमा पाइलट तथा मेन्टेनेन्स क्रु पनि सामेल छन् । उनीहरुको भिसा अवधि समाप्त भैसके पनि नयाँ दिल्लीले भने उनीहरुलाई मालदिभ्स छोड्न कुनै सूचना जारी गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

अन्तर्राष्ट्रिय रूपमा चर्चित ट्राओरेमाथि बुर्किना फासोमा किन उठ्दै छ प्रश्न ?

बिहारको ‘भाजपा गढ’मा प्रशान्त किशोरको ऐतिहासिक जित : जातीय राजनीतिलाई चुनौती ?

पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना

इजिप्टमा ५ म्याग्निच्युडको भूकम्प

ट्रम्पको इरान सम्बन्धी घोषणापछि कच्चा तेलको मूल्यमा गिरावट, सुनको अवस्था के छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu