ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फारम नभर्नु भनेपछि भूकम्पपीडित अन्योलमा


एबीसी न्यूज
२६ श्रावण २०७५, शनिबार   १ : ५१   बजे

बनेपा, २६ साउन । भूकम्पले भत्किएको घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ताका लागि फारम भर्न जाँदा वडा कार्यालयमा खटिएका प्राविधिकले म्याद सकियो भनी फर्काएको पीडितले गुनासो गरेका छन् ।

बनेपा नगरपालिका–१३ बुढाथोकी गाउँकी मीठु बुढाथोकी पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ताको फारम भर्न एक साताअघि वडा कार्यालय पुग्नुभयो । वडा कार्यालयमै खटिएका सहायक इञ्जिनियर प्रवीणकुमार यादवले म्याद सकियो भनेपछि आफू फर्किएको उहाँले बताउनुभयो ।

रासससँग कुरा गर्नुहुँदै इञ्जिनियर यादवले दोस्रो किस्ताको फारम नभर्नु भन्ने खबर माथिबाट आएकाले नभरिएको जानकारी गराउनुभयो । गत असार मसान्तसम्म दोस्रो किस्ता लिइसक्नुपर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको गत चैतको बैठकले गरेको थियो ।

प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको एक महिना बितिसक्दा पनि नियुक्त नगरिएकाले म्याद थप गर्ने निर्णय हुनसकेको छैन । वडाध्यक्ष सूर्यनारायण नापित प्राधिकरणको निर्णय वडासम्म नआउँदा कार्यालय नै के गर्ने भन्ने अन्योलमा रहेको बताउनुहुन्छ ।

पीडित वडा कार्यालयमा सम्पर्क गर्न आउने भए पनि वडासँगै जानकारी नहुने गरेको उहाँले सुनाउनुभयो । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भने काम जारी राख्न निर्देशन दिइसकिएको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu