ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनलाई लागुऔषध मुक्त बनाउछौ – प्रहरी उपरिक्षक राठौर


एबीसी न्यूज
२६ श्रावण २०७५, शनिबार   ७ : ०८   बजे


चितवन, २६ साउन । लागुऔषध पछिल्ला दिनहरुमा सवै अभिभावक देखि नेपाल प्रहरीको समेत टाउको दुखाईको विषय बनेको छ । प्रहरीले पटक पटक विभिन्न मात्रमा लागुऔषध सहित औषध सेवानकारीहरुलाई समेत नियन्त्र तथा पक्राउ गरेको छ । यसैबीच चितनवन प्रहरीले ठुलोमात्रमा लागुऔषधको कारोवार गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध सहित प्रहरी नवलपुर जिल्लाको गैडाँकोट १ बस्ने बर्ष २४ का किरण जि सी र भरतपुर महानगरपालिका ३ बस्ने २४ बर्षको बुद्धि गुरुङ्गलाई पक्राउ गरेको हो ।

उनीहरुलाई मंगलबार नारायणगढबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुको साथबाट १९५ ट्याबलेट लागुऔषध बरामद भएको र थप अनुसन्धानको क्रममा किरण जि सी को घरमा लुकाई राखेको डाईजेपाम ११५ एम्पुल , व्युप्रिन ११५ एम्पुल , फेनारगान ११५ एम्पुल , नाईट्राजेपाम १३५० ट्यावलेट , स्पास्मो फिभन प्लस ४८ क्याप्सुल , १ सय एम एलको फेन्सिडिल ११ बोतल र विर्फ स्रोफ ४ बोत्तल बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक सुशिल सिंह राठौरले जानकारी दिए ।

आफुले चितवन जिल्लाको शान्ति सुरक्षाको जिम्मा लिएपछि धेरै अपराधीक गतिविधीमा नियन्त्रण भएको र अव चितवनलाई लागुऔषध मुक्त जिल्लाको रुपमा परिचित बनाउ लागेको उपरिक्षक राठौरले  बताए । यसकोलागी सवै राजनैतिक दल र समाजसेवी तथा जिल्ला बासीको साथ अनिर्वाय भएको राठौरले बताए ।

प्रहरीले थप अनुसन्धानको क्रममा लागुऔषध बिक्रीवितरण र सेवनमा संलग्न रहेको भन्दै भरतपुर महानगरपालिका ७ बस्ने बर्ष २१ को लालकृष्ण ढकाल , भरतपुर २ को २६ बर्षका सलिम मिया र खैरहनी नगरपालिका वडा नम्बर १ बस्ने बर्ष १९ को अमृत आचार्यलाई शनिवार पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमध्य किरण जि सी ले छिमेकी मुलुक भारतबाट लागुऔषध ल्याएर बिक्रीबितरण गर्ने गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेकोे प्रहरी उपरिक्षक राठौरले बताए । लागुऔषध सहित पक्राउ परेका किरण जि सी र बुद्धि गुरुङ्गलाई बुधबार नै लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्धा दर्ता कारबाही अगाडी बढाइएको र अन्य ३ जनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group