बुटवल, २७ साउन । प्रहरीले बुटवलका दुई वटा हुक्का बारमा छापा मारेर झण्डै २७३ किशोर किशोरीलाई पक्राउ गरेको छ ।
स्थानीयको उजुरीका आधारमा प्रहरीले मैत्रीपथस्थित बिच फोर्ड क्याफे र मिलनचोकको ग्यालेक्सी क्याफेमा छापा मारेको हो । फोर्ड क्याफेमा १२३ किशोरी र ८४ जना किशोर तथा ग्यालेक्सीमा ३१ किशोरी र २५ किशोर पक्राउ परेका छन् । मदिरा, धुमपान र हुक्का सेवन गरेर होहल्ला गरेको अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।दुबै कयाफेमा भेटिएकाहरु १२-१३ वर्षका स्कुल पढ्नेदेखि १७-१८ वर्षका कलेज पढ्ने किशोर किशोरी छन् । उनीहरूलार्इ केही घण्टा इलाका प्रहरी कार्यालय बुटवलमा राखे पश्चात अभिभावकलाई बोलाएर छोडिएको छ ।
प्रहरीले ग्यालेक्सी क्याफेका संचालक अर्जुन अर्याल र निलकण्ठ अधिकारी तथा बिच फोर्डका संचालक विजय थापा र अरुण गुरुङलाई नियन्त्रणमा लिएको छ । उनीहरूलार्इ सार्वजनिक मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक मल्लले बताए ।
प्रतिक्रिया दिनुहोस्