डोटी २७ साउन । भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन । दिपायल सिलगढी नगरपालिका–७ लेक पाँकरीमा आइतबार बिहान २२ वर्षीया हिरा बिष्ट आक्रमण बाट घाइते भएकी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
बिहान ६ बजे शौचालय जाने क्रममा बिष्टलाई भालुले आक्रमण गरेको स्थानिय हिक्मत बिष्टले जानकारी दिए ।
घाइते महिलाको जिल्ला अस्पताल सिलगढी डोटीमा उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले बताए ।
घाइते महिलाको टाउको, मुख र घाटीमा चोट लागेको छ । डोटीमा बर्सेनि जंगली भालुको आक्रमणबाट दर्जनौँ स्थानियहरु घाइते हुँदै आएका छन्
प्रतिक्रिया दिनुहोस्