डोल्पा २७ साउन । त्रिपुरा सुन्दरी नगरपालिका १ लोकाँमा रहेको छलगाड लघु जल विद्युतको बाँध खोलाले भत्काएको तीनसाता बितिसक्दा पनि निर्माण हुन सकेको छैन् । बाँध निर्माण हुन नसकेपछि त्रिपुरा सुन्दरी नगरपालिका १ का ३ सय ५० घरधुरी अन्धकारमा रहेका छन् ।
अविरल बर्षाका कारण आएको बाढीले ६ साउनमा बिस मिटर बाँध भत्काएपछि विद्युत आपुर्ती बन्द भएको थियो । बाँध निर्माणमा नगरपालिका र बिद्युत व्यावस्थापन समितीले तदारुपता नदेखाउँदा गाँउलेहरु अन्धकारमा बस्न बाध्य भएको स्थानीयले गुनासो गरेका छन् ।
३५ किलोवाट क्षमता भएको छलगाड लघु जलविद्युतको विद्युत आपुर्ति बन्द हुदाँ त्रिपुरा सुन्दरी नगरपालिका अन्र्तरगतका कार्यालय तथा गैह्रसरकारी कार्यालयको कामकाज प्रभावित भएको छ ।
प्रतिक्रिया दिनुहोस्