ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिउँदो मान्छेको हातमा मृत्युको प्रमाणपत्र


एबीसी न्यूज
२७ श्रावण २०७५, आइतबार   २ : ५५   बजे

बर्दिवास, २७ साउन । हजुर ! हम बर्बाद भगेलौँ, जिन्दे मे मरल ।” (हजुर, म बर्बाद भएँ, जिउँदै मरेको) महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी बैरियाका ५९ वर्षीय रामसेवकराय यादव अचेल जसलाई भेट्दा पनि यस्तै बिलौना गर्नुहुन्छ ।

आफ्नो हातमा आफ्नै मृत्यु दर्ताको प्रमाणपत्र बोकेर इन्साफका लागि विभिन्न कार्यालय धाउने यादव आफन्त, छिमेकी, कार्यालयका कर्मचारी, राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिलाई मात्र नभएर अपरिचित मानिस देख्नासाथ आफ्नो बिलौना सुनाउन बिराउनुहुन्न ।
‘

‘हजुर, कत्त नई गेली ? सिडियो साब, नेता, प्रधान (आफ्नो स्थानीय तहका प्रतिनिधि) आ प्रहरी सब्के कहिक थाइक गेली’ (हजुर, कहाँ गइन ? सिडियो साब, नेता, नगर प्रमुख र प्रहरी सबैलाई भनेर थाकिसकेँ) यादवले आफ्नो मृत्यु दर्ताको प्रमाणपत्र देखाउँदै सञ्चारकर्मीसँग भन्नुभयो, ‘‘मुदा, हम जिन्दा आद्मीके मरल प्रमाणपत्र कोई नई सकाइर देलक’’ (तर म जिउँदो मान्छेको मरेको प्रमाणपत्र कसैले पनि सच्याइ दिएनन् ) ।
किशोरावस्थामै मातृवियोग भएपछि २०४८ सालमा घरमा पत्नीलाई छाडेर कमाउन भारतको पञ्जाव जानुभएका उहाँ लामो समयसम्म नफर्केपछि पत्नीले अन्तै घरजम गरिन् ।

यादवकी आमा मरिसकेकी र पत्नी अन्तै हिँडेपछि उहाँ पञ्जावतिरै रहेका बेला सौतेनी आमा शकुन्तीदेवी र सौतेलो भाइ रामपुकारको दवावमा बाबु रामवृक्षले २०६८ साल जेठ १ गते आफैँ सूचक भएर रामसेवकको मृत्युदर्ता गर्नाका साथै उनका नाउँको जग्गा नामसारी गरेर बेचेका थिए । रामसेवकको २०६७ साल कात्तिक १४ गते मृत्यु भएको भनी त्यतिबेलाका खोपी गाविसका पञ्जिकाधिकारी (गाविस सचिव) गोपाल पाठकको हस्ताक्षर रहेको मृत्यु दर्ता प्रमाणपत्रमा उल्लेख छ ।

आमा कौशिल्यादेवी जीवित छँदै उहाँले आफ्नो नाउँमा रहेको बर्दिवास–जलेश्वर सडक छेउको १० कट्ठा र आफ्नै बस्तीको पाँच कट्ठा घडेरी रामसेवकको नाउँमा दर्ता गरिदिनुभएको थियो । करोडौँ मूल्यको सोही जग्गाको लोभमा परेर सौतेनी आमा शकुन्ती र भाइ रामपुकारले दवाव दिएर बाबुलाई मृत्युदर्ता गर्न लगाएको अहिले थाहा भएको छिमेकी रामप्रसाद रायले बताउनुभयो । एक वर्षअघि घर आएको आपूmलाई सौतेनी आमा र भाइले नचिन्ने बताएपछि रामसेवक अहिले बिलखबन्दमा पर्नुभएको छ ।
‘‘बाबु देहान्त भगेल, माय आ भाइ नई चिनल बतौलक (बाबु मरिहाले, सौतेनी आमा र भाइले नचिन्ने बताए)। ’’ आँखाको आँशु पुछ्दै रामसेवकले भन्नुभयो,, ‘‘कि करु ? घर अछैत अखैन मन्दिर में रहिक गामघर टहलैत खाए परैय’’ ( के गरौँ ? घर हुँदै बेघर भएर मन्दिरमा आश्रय लिएको छु, गाउँ चहारेर खाँदैछु ।)”

उहाँले आफ्नो मृत्युदर्ता बदर गर्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभए पनि कार्यालयले व्यक्तिगत घटना दर्ता सङ्घीय मामिला मन्त्रालयको पञ्जीकरण विभागसँग जोडिएकाले जिल्लामा स्थानीय विकास अधिकारीसँगको समन्वयबाट समस्या निराकरण हुने जनाएको छ ।

‘‘प्रपञ्च रचेर जिउँदो मान्छे मरेको घटना दर्ता गर्ने गराउने कार्वाहीमा पर्छन्’’, प्रजिअ उमेशकुमार ढकालले सञ्चारकर्मीको जिज्ञासामा भन्नुभयो, ‘‘यहाँ (जिल्ला)का स्थानीय विकास अधिकारी कामविशेषले बाहिर हुनुहुन्छ, उहाँ फर्केपछि यथार्थ बुझेर सच्याइनेछ ।’’

जिउँदो मान्छेको मृत्यु दर्ता गर्ने गराउनेविरुद्ध जिल्ला अदालतमा मृत्यु दर्ता खारेजीसँगै जालसाँजी मुद्दा दायर गर्न र अंश कायमको मुद्दा चलाउन सकिने यहाँका कानून व्यवसायीले बताए ।

पहिलो चरणमा जिउँदो मान्छेको मृत्यु दर्ता गर्ने निकायलाई नै बदर गर्ने अधिकार रहेको अधिवक्ता उद्धव क्षेत्रीले जानकारी दिनुभयो । यसअघि उक्त नगरपालिका–६ वडा कार्यालयले रामसेवकको मृत्यु दर्ता खारेजीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन इन्कार गरेकोे पीडित रामसेवकको भनाइलाई उद्धृत गर्दै अधिवक्ताक्षेत्रीले स्पष्ट पार्नुभयो ।

जिप्रका र कानून व्यवसायीले कानूनी उपचारको बाटो बताए पनि पैसा नभई कुनै काम अघि नबढ्ने गुनासो गर्दै पीडितले भन्नुभयो, ‘‘मन्दिरमा बसेको छु, खाने पिउने ठेगान छैन । एक वर्षदेखि कैयौँ ठाउँ धाइसक्दा पनि इन्साफ नपाउँदा मन मर्दै गएको छ । ’’ नगरपालिका प्रमुख सुनिलकुमार यादवले आफूमा यस्तो गुनासो लिखित वा मौखिक कसैले नगरेकाले सोबारे केही थाहा नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu