चितवन, २७ साउन । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारसहित गृह जिल्ला चितवनमा छन् ।
शनिबार ‘राप्ती र नारायणीलाई जल यात्रा मार्गले जोड्न सकिने सम्भावना’ सम्बन्धी कार्यशाला गोष्ठीमा सहभागी हुन चितवन पुगेका प्रचण्डले आज आइतवार बिहान डुंगाबाट जलयात्रा मार्गको सम्भाब्यता अध्ययन गरेका छन् ।
पर्यटन प्रवद्र्धनका लागि भरतपुर– २८ मा रहेको मेघौली गोलाघाटबाट डुंगा चढेर चितवनबाट आएको नारायणी, हेटौडाबाट आएको राप्ती र माडीबाट आएको रियुको संगमस्थल त्रिवेणीसम्मको डुंगाबाट जलयात्रा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्