डोल्पा,२८ साउन । पछिल्लो समयमा डोल्पाली महिलाहरु पनि समाजसेवा तर्फ अग्रसर हुन थालेका छन् । चेतनाको विकाससँगै उनीहरुपनि सामाजिक कार्यमा अग्रसर हुनथालेका हुन् । त्यसैको गतिलो उदाहारण बनेका छन्।
उनीहरुले पछिल्लो तीन बर्ष यतामात्रै देउसी भैलो खेलेरैमात्र सार्वजानिक शौचालय,धारो,घोरेटो बाटो निर्माण लगायत थुप्रै उदाहारणीय काम गरिसकेका छन् ।
पुरुष प्रदान समाजमा महिलाले देउसी भैलो खेल्नु हुदैन महिला अग्रसर भएको राम्रो हुदैन धेरैले भने, तर हामी कोही कसैको भनाईलाई वास्ता नगरेरै त्रिपुराकोटका एकघरका एक महिला मिलेरै देउसी भैलो खेल्न सुरुवात गरेको स्थानीय महिला गोमा उपाध्यायले बताईन ।
चुलो चौकोमै सिमित हुुनुपर्छ भन्ने पुरुषबादी मानसिकतालाई कुल्चदै गाँउ छोडेर टाढा टाढा गाँउमा पुगेर देउसी खेलेको पैसाले शौचालय बनायौ,बाटाघाटा खन्यौ,धारा बनायौ“ उनले भनिन् ।
भर्खरमात्रै देउसी खेलेर उठेको रकम सहित नगरपालिकाको सहयोगबाट ६५ हजारको एक लाख बत्ती बाल्न मिल्ने आरती किनेका छौ“ । यसलाई लिएर प्रशिद्ध शक्तिपिठ त्रिपुरा सुन्दरीमा चढाउने योजना भएको उनले बताईन ।
देउसीको तीस हजार नगरपालिको ३५ हजार सहयोगमा आरत किनिएको त्रिपुराकोटका महिलाले बताए । देउसी भैलोबाटै प्रत्येक बर्ष एक नयाँ सामाजिक काम गर्दै आएका छौ“ स्थानीय महिलाहरुले भने ।
त्रिपुराकोटका महिलाले जिल्लामै नमुना ढङ्गले काम गर्नुका साथै समाज रुपान्तरणमा समेत ठुलो सघाउ पु¥याएको सरोकारवालाले बताएको छ ।
पहिला– पहिला अविबाहित महिलाले देउसीभैलो खेल्ने गरेपनि विवाहित महिलाले खेल्नु हुँदैन भन्ने समाजको बुझाई थियो । त्यो गलत धारणालाई चिर्दै त्रिपुराकोटका महिलालेनै देउसी खेल्नेकार्य सुरुवात गरेको महिला अगुवाहरुले बताए ।
प्रतिक्रिया दिनुहोस्