ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउन महिनाको अन्तिम सोमबार गलेश्वरमा भक्तजनको भिड


bhawani desk
२८ श्रावण २०७५, सोमबार   १२ : २८   बजे


बेनी, २८ साउन । बेनी नगरपालीका –९ मा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरमा साउन महिनाको अन्तिम सोमबार आज भक्तजनको भिड लागेको छ ।

कालिगण्डकी नदीको किनारमा ९ रोपनी विशाल चक्रशिलामा रहेको गलेश्वरधाममा पुजापाठ गर्नका लागि म्याग्दीसंगै, बागलुङ, पर्वत, कास्की, लगायतका क्षेत्रबाट ठुलो संख्यामा भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्रविकास कोषका उपाध्यक्ष पण्डित भिमनाथ पराजुलिले बताउनुभयो ।

बिहान ५ बजेदेखि नै भक्तजनहरु लाईनमा बसेर गलेश्वरको दर्शन तथा पुजापाठ गरेका छन् । दिउँसो मध्यान्न सम्ममा २० हजार बढी भक्तजनहरुले पुजाअर्चना गरेको कोषले जनाएको छ ।

गलेश्वर शिवालयको दर्शन तथा पुजापाठ र १०८ शिवलिङ्गमा कालिगण्डकी नदीको जल अर्पण गरेमा मनोकामना पुरा हुन जनविश्वास रहेको छ । धार्मीक गन्थ्रहरुमा गलेश्वरमा सतीदेवीको गला पतन भएको उल्लेख छ ।

कालीगण्डकी नदीको किनारमा चट्टानमाथी अवस्थित गलेश्वरको पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने विश्वासले साउन महिनाको सोमबारहरुमा मात्रै करिब १ लाख बढी भक्तजनहरुले गलेश्वरको दर्शन गरेको कोषका सदस्य सचिब माधवप्रसाद रेग्मीले बताउनुभयो ।

गलेश्वरधाममा भगवान शिवको पुजा आराधान गर्नाले मनोकांक्षा पुरा हुने विश्वासले साउने सोमबारमा भक्तजनको संख्या ह्वात्तै बढ्ने गरेको छ । मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर विश्वकै अलौकिक तिर्थस्थलको रुपमा परिचित छ ।

गलेश्वरमा भक्तजनबाट संकलन हुने भेटिलाई शिवालय क्षेत्र विकास कोषले पारदर्शी रुपमा सार्वजनिक गर्दै आएको छ । भेटीबाट संकलन हुने रकम गलेश्वरमा पूर्वाधार निर्माण र सामाजिक कार्यहरुमा खर्चिदै आइएको छ ।

गलेश्वरमा आउने हजारौँ भक्तजनहरुको कारण मन्दिरमा चढाउने नरिवल संगै फुलप्रसादको व्यापार समेत ह्वात्तै बढ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group