काठमाडौं, २८ साउन । आर्थिक अभावका कारण नौबहिनी गाउँपालिकाका ४ का १० बर्षे बालक विक्रम सुनारलाई लागेको क्यान्सर निको हुन् सकेन् । क्यान्सर लागेको २ बर्ष पुग्दा समेत उनी गाउँमा छटपटाउन बाध्य छन् ।
विक्रम सुनार ७ बर्षको हुँदा बुटवलमा गइ हर्नियाको शल्यक्रिया गराएका थिए । शल्यक्रिया मार्फत हर्नियाको समस्या समाधान भयो । तर, शल्यक्रियाले विक्रमलाई क्यान्सरको मुखमा पू¥यायो ।
क्यान्सरको मुखमा पुगेका उनलाई हजुर आमा, बुबाले बुटवल, भारतका विभिन्न अस्पतालमा पू¥याए । क्यान्सरको उपचार गर्न नसके पछि पुनः घरमै छट्पटाएका छन् ।
वि.पी।.कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर चितवनमा प्रत्येक महिना २० हजार बोकेर जानु पर्ने सिता सुनारले बताइन । छोराको उपचार खर्च नभएपछि उनका बुबा चेतमान सुनार ३ महिना अगाडि कतार पुगेका छन् । छोराको उपचारका लागि आमा सिता सुनार सहयोगी हातहरु माग्न थालेको बताइन् ।
छोराको उपचारको लागि घरबारी विक्रि गरियो तर पुगेन, श्रीमानलाई विदेश पठाएकी छु जसरी भएनी छोराको उपचार गराउनु छ । सिता सुनारले भनिन् ।‘छोराको उपचारको लागि १ लाख २० हजारमा घरबारी विक्रि गरियो, क्यान्सरको लागि २० लाख जति चहिँदो रहेछ’ ।
विक्रम सुनारको उपचारको लागि आमा सिता सुनारले बहाने बजार केन्द्रका व्यापारीहरुले सहयोग गरेका छन् । ठुलो मात्रामा उपचार खर्च लाग्ने भएका कारण सबैमा सहयोगको अपेक्षा रहेको उनी बताउछिन् ।
सोमबार नौबहिनी गाउँपालिकामा बहानेमा सहयोगको लागि सिपारिस बनाउन आइपुगेकी सिता सुनारले गाउँपालिकाबाट २० हजार सहयोग पाएकी छन् । नौबहिनी गाउँपालिकाका अध्यक्ष शिव रिजाल र कार्यकारी निर्देशक थानेश्वर भण्डारीले उनलाई २० हजार सहयोग प्रदान गरेका हुन् ।
गाउँपालिका अध्यक्ष रिजालले १० बर्षको बालकको क्यान्सर उपचारको लागि सबैले सहयोग गरिदिन अनुरोध गरे ।
प्रतिक्रिया दिनुहोस्