ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा १८ हजार मेट्रिक खाद्यान्न अपुग


bhawani desk
२८ श्रावण २०७५, सोमबार   ४ : २४   बजे

सुर्खेत, २८ साउन  । आर्थिक वर्ष २०७४\७५ मा कर्णाली प्रदेशमा १८ हजार चार सय सात मेट्रिक टन खाद्यान्न अपुग भएको पाइएको छ ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार प्रदेशका रुकुम, सल्यान र सुर्खेतबाहेकका जिल्लामा खाद्यान्न समस्या भएको थियो । मन्त्रालयका प्राविधिक सहायक दीपेन्द्र श्रीवास्तवले गत आवमा रुकुममा धान, गहुँ, मकैलगायत बाली दुई हजार ६६४ मेट्रिक टन सञ्चित भएको थियो ।

यस्तै सुर्खेतमा पाँच हजार ४०५ मेट्रिक टन, सल्यानमा १३ हजार ६३० मेट्रिक टन खाद्यान्न सञ्चित गरिएको थियो । कालीकोटमा १४ हजार ६३३ मेट्रिक टन, दैलेखमा एक हजार ५३०, डोल्पामा दुई हजार ६६६, जाजरकोतमा तीन हजार ५९४, जुम्लामा चार हजार १६६, मुगुमा पाँच हजार १०२ तथा हुम्लामा आठ हजार ४१५ मेट्रिक टन खाद्यान्न अपुग भएको श्रीवास्तवले जानकारी दिनुभयो ।

साबिकको कर्णाली अञ्चलका बासिन्दालाई प्रतिव्यक्ति १९१ किलो तथा रुकुम, सल्यान, सुर्खेत, दैलेख र जाजरकोटका नागरिकलाई २०१ किलो खाद्यान्न आवश्यक पर्छ । पछिल्लो समय विदेशिने युवाको सङ्ख्या बढ्नु, कृषि पेशातर्फ आकर्षित नहुनु, वर्षा कम हुनु, बसाइँसराइ, अव्यस्थित शहरीकरण र जलवायु परिवर्तनका कारण खाद्यान्न उत्पादनमा कमी आएको मन्त्रालयका कृषि प्रसार अधिकृत पूर्णबहादुर थापाले बताउनुभयो ।

विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार कर्णालीको जनसंख्या १३ लाख २५ हजार रहेको थियो । विसं २०७४ मा जनसंख्या वृद्धि भएर १८ लाख चार हजार पुगेको तथ्याङ्क छ । उक्त जनसंख्यालाई वार्षिक तीन लाख ५८ हजार ३१६ मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । अहिलेको अवस्थामा तीन लाख ३९ हजार ९०९ मेट्रिक टन खाद्यान्न उपलब्ध छ ।

अठार हजार ४०७ मेट्रिक टन खाद्यान्न यस प्रदेशमा बाहिरबाट खरिद गरी ल्याउनुपर्ने मन्त्रालयले जनाएको छ । रु एक अर्ब २८ करोड ८४ लाख ९० हजारभन्दा बढीको खाद्यान्न प्रत्येक वर्ष कर्णालीले आयात गर्नुपर्दछ । मन्त्रालयका अनुसार आव २०७३÷७४ मा कर्णाली प्रदेशले रु एक अर्ब ७५ करोडको खाद्यान्न खरिद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group