ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशको नामाङ्कनमा फरक धारणा


एबीसी न्यूज
२८ श्रावण २०७५, सोमबार   ४ : ३६   बजे

२८ साउन । तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश नं २ को नामाङ्कनका सम्बन्धमा विभिन्न दल तथा प्रदेश सरकारबीच खिचातानी चलिरहेका बेला यहाँका साहित्यकारहरुले पनि फरक धारणा अघि बढाएका छन् ।

अधिकांश साहित्यकारले सीताकालीन सभ्यता र संस्कृतिसँग जोडिएको इतिहास र भूगोललाई आधार मानी प्रदेश नं २ को राजधानीको नाम मिथिला, जनक, जानकी, विदेह राख्नुपर्ने तर्क अघि सारेका छन् भने केही साहित्यकारले भने यसको नाम मिथिला–भोजपुरा, मध्यमधेश राख्नुपर्नेमा जोड दिएका छन् ।

राज्य पुनः संरचना आयोगले प्रदेश सीमाङ्कनका लागि पहिचान र सामथ्र्यका गरी नौ वटा आधार तय गरेकाले सोही बमोजिम जिल्लाको पहिचान हुनेगरी यहाँको मैथिली भाषा, साहित्य, कला र संस्कृतिलाई आधार बनाइएको हो । महाभारत, रामायण, उपनिषद्जस्ता ग्रन्थमा मिथिला र जनकपुरधामको चर्चा गरेको पाइन्छ ।

राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका मैथिली बिभागका उपप्राध्यापक तथा साहित्यकार श्यामसुन्दर शशीले पूर्वीय छ दर्शन (षडदर्शन) मध्ये चार दर्शन मिथिला भूमि अर्थात् जनकपुरमै लेखिएको प्रमाणित भइसकेकाले पहिचानको हिसाबले जनकपुरधामलाई यो प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने र यसको नामाङ्कन मिथिला प्रदेश गरिनुपर्नेमा जोड दिनुभएको छ ।

सहमतिकै आधार र सबैको स्वामित्व हुने गरी यो प्रदेशको नाम तय गरिनुपर्ने तर्क गर्दै अर्का साहित्यकार चन्द्रकिशोर झा भन्नुहुन्छ, “त्योभन्दा पनि प्राथमिकताको विषय भनेको प्रदेशलाई अधिकार सम्पन्न बनाउने काम प्रमुख विषय भएकाले नामभन्दा पनि कामलाई प्राथमिकता दिनु जरुरी छ ।”

प्रदेशको स्थायी राजधानी, कामकाजी भाषा तथा नामाङ्कनका लागि प्रदेश संसद्मा दुई तिहाइको आवश्यकता पर्ने भएकाले हालसम्म प्रदेश सांसदहरुबीच सहमति भने हुन सकेको छैन । प्रदेश २ मा मैथिली भाषाभाषी ४५ प्रतिशत छन् भने भोजपुरीका १८.५ प्रतिशत छन् । यो प्रदेशको नामाङ्कनका विषयमा मैथिली भाषाका वरिष्ठ साहित्यकार डा राजेन्द्र बिमल पर्यटन व्यवसायलाई समृद्ध बनाउने हो भने प्रदेश नं २ को नाम मिथिला–भोजपुरा राख्नुपर्नेमा जोड दिनुहुन्छ । संस्कृति, साहित्य तथा भाषाको दृष्टिकोणले पनि भोजपुरा समृद्ध रहेकाले मिथिला–भोजपुरा नाम राखेमा विवाद नहुने उहाँ बताउनुहुन्छ ।

साहित्यकार अवधेश पोखरेल पनि पौराणिक आस्थाले भरिएको, ऐतिहासिक तथा प्राचीन नगरी जनकपुरलाई अझ समृद्ध बनाउने हो भने प्रदेश नं २ को नाम जनक, जानकी, मिथिला वा विदेह राख्न सुझाव दिनुहुन्छ भने भोजपुरी भाषाका साहित्यकार आनन्द गुप्ता भन्नुुहन्छ, “मधेश आन्दोलनको उपज नै सङ्घीयता भएकाले यसको नाम मध्य मधेश हुनुपर्दछ ।”

प्रदेश २ मा कूल १०७ प्रदेश सांसद छन् । आठ जिल्ला रहेको यस प्रदेशमा बोलिने मुख्य भाषा मैथिली, भोजपुरी र नेपाली हो । केही प्रतिशतले बञ्जिका भाषासमेत बोल्ने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu